२०८२ मंसिर २१, शनिबार २३:५८ गते
नेपाली समय

नसर्ने राेगकाे पहिचानका लागि खजुरामा फाल्गुन महिनाभर स्वास्थ शिविर संचालन

२०८१ फाल्गुन २६ गते, सोमबार समय: १०:३४ मिनेट

नेपालगन्ज : बाँकेको खजुरामा फाल्गुन महिनाभरका लागी सन्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरलाई थप परिष्कृत गर्दै लगिएको छ ।

Advertisement 1

खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सन्चालनमा रहेको स्वाथ्य शिविरमा स्त्री रोग विशेषज्ञ, जनरल फिजिसन चिकित्सक सहितको सेवा प्रदान गरिएको छ ।

आइतबार खजुरा  गाउँपालिकाकाे  वडा नम्बर ३ को खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा भेरि अस्पताल नेपालगन्जमा कार्यरत मेडिसिन विभाग प्रमुख तथा बरिष्ठ फिजिसियन डा. राजन पाण्डेले बिरामीको परिक्षण गरेका थिए ।

Advertisement 2

डा. पाण्डेले नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसको मृत्यु हुनेगरेको बताए ।

नियमित स्वास्थ्य चेकजाँच गरि आफ्नो स्वास्थ्यको हेरविचार गर्न आवश्यक रहेको डा. पाण्डेले बताए ।

Advertisement 3

खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा ११९ जनाको चेकजाँच गर्न भ्याएका डा. पाण्डेले शिविरमा आउने विरामीलाई स्वास्थ्य बिमामा जोड्न पालिकासंग अनुरोध गरेका थिए ।

डा. पाण्डेले समयमै सामान्य जाँचबाट पनि ठुला रोगहरुबाट जोगिन मद्धत पुग्ने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उल्लेख गरे ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफानले राष्ट्रिय अभियान सगैं स्थानिय सरकारले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरहरु सन्चालन गरिएको जनाए ।

खजुरालाई स्वास्थ्यमा चेतनशिल बनाउन शिविरका साथै अन्तरक्रिया कार्यक्रमहरु समेत सन्चालन गरिरहेको अध्यक्ष बिकले बताए ।
वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले समयमै स्वास्थ्य परिक्षण गर्नुनै बुद्धिमानी हुने जनाए ।

खजुरा गाउँपालिकाका सामाजिक विकास संयोजक कृष्णा पोखरेल विकले विद्यालयमा भएको अभिमुखिकरण सचेतिकरण कार्यक्रममा नसर्ने रोगले शारिरिक सगैं मानसिक रुपमा असर गर्ने भएकाले बेलैमा सचेत बन्न आग्रह गरिन ।

आइतबार गरिएको स्वास्थ्य शिविरमा प्रेसरका विरामी ३० जना, मधुमेहका २९ जना, थाइराइडका १ जना, मृर्गौला सम्बन्धि समस्या भएका ३३ जना र स्वास्प्रस्वास सम्बन्धि समस्या भएको ६ जना पहिचान भएको शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिइन ।

नसर्ने रोगका बारेमा यो महिना शिविरका साथै आइतबारबाट नसर्ने रोग पहिचान र न्युनिकरणका लागी सचेतिकरण कार्यक्रम विद्यालयहरुमा सन्चालन गरिएको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख केसीले बताइन ।

आइतबार खजुरा गाउँपालिका वडा नम्बर ७ स्थीत जनता मावि बठवा र वडा नम्बर ४ मा रहेको मनकामना मावि ईगाउँमा विद्यार्थिहरुलाई सचेतिकरण कार्यक्रम गरिएको शाखा प्रमुख केसीले जनाइन ।

स्वास्थ्य शाखाले हरेक वडामा आयोजना गरिरहेको शिविरलाई थप सक्रियता दिन विद्यालयहरुमा समेत अन्तरक्रिया र परिक्षणको कार्य गरिएको शाखा प्रमुख केसीले जनाइन ।

शाखाले यस अघि वडा नम्बर १, ६, ५, ७ वडामा शिविर सम्पन्न गरिसकेको छ । आइतबार ३ नम्बर वडा मा शिविर सगैं वडा नम्बर ७ को एक विद्यालय र वडा नम्बर ४ को अर्को विद्यालयमा सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार