२०८२ कार्तिक २८, बिहीबार ११:२२ गते
नेपाली समय

गठबन्धन गर्दा समेत हार्ने निश्चित भएपछि निर्वाचन भाँडे : अखिल क्रान्तिकारी 

२०८१ चैत्र ४ गते, सोमबार समय: २२:४२ मिनेट

राप्तीसोनारी को जनसिद्धेस्वर मा  एमाले अखिल र नेविसङ्घ गठबन्धन गर्दा समेत हार्ने निश्चित भएपछि निर्वाचन भाँडे : अखिल क्रान्तिकारी
बाँके राप्ती सोनारीमा रहेको जन सिद्धेश्वर बहुमुखी क्यापसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको विरुद्ध नेपाली काँग्रेस निकट नेविसङ्घ र एमाले निकट विद्यार्थी सङ्गठन अखिल प्यान बनाएर निर्वाचनमा होमिएको भएपनि नेविसङ्घ र एमाले अखिलको अवरोधका कारण निर्वाचन अन्तिम समयमा स्थगित भएको हो ।
नेविसङ्घ र एमाले अखिलले गठबन्धन गरेर चुनाव लड्दा समेत हार्ने निश्चित भई सके पछि निर्वाचन भाँडेको अखिल क्रान्तिकारीले बताएको छ । अखिल क्रान्तिकारीको तर्फबाट अध्यक्षकी उम्मेदवार माया थारूले दाबी विरोध लगायत सम्पूर्ण प्रक्रिया पुरा भई सकेको तथा विधि सम्वत् तवरले रजिष्ट्रेसन फर्म परेर भर्ना भएका विद्यार्थी फर्जी विद्यार्थीको अनावश्यक आरोप लगाइएको ​​​​​​​बताइन । उनले अविलम्ब तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने समेत माग गरिन ।
सयुक्त प्यानल बनाएका एमाले अखिल र नेविसङ्घले मतदाता नामावली फर्जी नामावली समावेश गरिएको आरोप लगाएका छन ।
निर्वाचन अधिकृत सोमनाथ थारूले नामावलीका विषयमा विवाद भएपनि निर्वाचन स्थगित गरिएको बताए ।

सम्बन्धित समाचार