खजुरा ।बाँकेको खजुरा गाउँपालिकाले फोहोर संकलन गरि व्यवस्थापन गर्न सुरु गरिएको छ ।
खजुरा गाउँपालिकाको साझेदारी सहयोगमा सुन्दर विहानी युवा क्लब, जानकी ४ बाँकेले सरसफाई तथा फोहोरमैला व्यवस्थापन परियोजना अन्तर्गत खजुरामा रहेका फोहोर बस्तुलाई संकलन गर्ने र त्यस्को उचित व्यवस्थापन गर्न बुधबारदेखी काम सुरु गरेको छ ।
Advertisement 1
बुधबार विहान फोहोर संकलनका साथै जनचेतना कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले नेपालगन्जबाट खजुरा आउन सहज यातायातको व्यवस्था भैसकेको र खजुराको पर्यटन प्रर्वद्धन गर्न फोहोर व्यवस्थापन गर्न आवश्यक रहेकोमा यसको थालनी भएको बताउनु भयाे । अध्यक्ष विकले खजुराका सबै बजार क्षेत्रमा फोहोर संकलन गर्न सरसफाईकर्मि जाने भएकाले सबैले फोहोर व्यवस्थापनमा सहयोग गर्न अनुराेध
गर्नुभयो ।
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले खजुराको सुन्दरतालाई फोहोरले विगारिरहेको अवस्थामा अब फोहोर संकलन र व्यवस्थापन पछि थप सुन्दरता बढ्नेमा आशाबादी रहेको बताउनुभयो । फोहोर संकलनको पहिलो दिन खजुराका स्थानियहरु समेतले सक्रियता जनाएका थिए । स्थानियले यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएका थिए । सुन्दर विहानी युवा क्लबका कार्यबाहक अध्यक्ष गणेश थापाले दैनिक रुटिङ मिलाएर खजुराको फोहोर संकलन गरिने बताए ।
Advertisement 2
उनले आफ्नो घर, टोल, बस्ती, पसलहरुबाट निस्कने फोहोर संकलन गर्न आउने गाडिमा फोहोर प्रदान गरि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरे ।





प्रतिक्रिया दिनुहोस्