२०८२ कार्तिक २८, बिहीबार १२:११ गते
नेपाली समय

स्थानीय तहको साझदारीमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोदहनाको ४काेठे पक्की भवन र २ काठे शौचालय निर्माण

२०८२ बैशाख १० गते, बुधबार समय: २२:०५ मिनेट

खजुरा।    खजुरा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७मा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोदहनाको ४काेठे पक्की भवन र २ काठे शौचालय निर्माण भएको छ ।
स्थानीय तहको साझदारीमा निर्माण सम्पन्न भएकाे भवन तथा शाैचालयकाे कुल लागत : ७२,६४,७९२/७५/-रुपैया मा सम्पन्न भएकाे थियो ।

Advertisement 1

संघ सरकारकाे ५० लाख गाउँपालिकाको १० लाख र स्थानीयबासीको७,२९,७२२/७५/- जनश्रमदानकाे आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफान र उपाध्यक्ष मन्जु मल्लले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले भवन निर्माणले ठूलो योगदान पुर्याएको बताउँदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवनलगायत पूर्वाधार निर्माण गर्न प्रतिबद्धता जनाउनुभयाे । गाउँपालिकाले खजुराका विभिन्न बस्तीका विद्यालयमा भवनलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको मल्लले बताउनुभयाे।
उक्त कार्यक्रम बाेल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले गाउँपालिकाले टिनका छाना रहित विद्यालय बनाउने अभियानमा संचालन गरेको । पालिकाको कुनै पनि विद्यालयमा टिनको छाना नहोस भन्ने उदेश्यले पालिकाले टिनकाे छाना हटाएर पक्की भवन बनाउने काम भैरहेको अध्यक्ष बिकले जानकारी दिएका छन् ।
त्यस्तै खजुरा गाउँपालिकाको शिक्षाको बिकासको लागी प्रअ मिलान कार्यक्रम अगाडी बढाएर प्रत्यक विद्यालयमा नै स्थायी शिक्षकहरुलाई नै प्रअ बनाएका शिक्षाको क्षेत्रमा भएको समस्या समाधान तर्फ केन्द्रित रहेको अध्यक्ष बिकले बताएका छन् ।

Advertisement 2

‘पालिकाको शिक्षाको बिकासको लागी प्रअ मिलान कार्यक्रम अगाडी बढाएर प्रत्यक विद्यालयमा नै स्थायी शिक्षकहरुलाई नै प्रअ बनाएका छौ, त्यसले विद्यालयको नेतृत्व र संचालनमा निकै राम्रो भुमिका खेलेको छ र हामिले शिक्षा क्षेत्रकै बिकासको लागी जहाँ विद्यार्थी त्यहा शिक्षक भनेर शिक्षक मिलान पनि गरेका छौँ जसले गर्दा विद्यालयहरुमा शिक्षकको कमि छैन र विद्यालयहरुमा डिजिटलाइज समेत गरेका छौ । हामिले शिक्षाको बिकासको लागी कुनैपनी कम्पर्माइज गरेका छैनौ । शिक्षानै पहिलो बिकासको मापदण्डको रुपमा अगाडी सारेर खजुराले रणनीतिक योजनाहरु निर्माण गरेका छौं, जसले सहि गति समेत लिएको छ ।’ अध्यक्ष बिकले बताए ।

 

Advertisement 3

 

सम्बन्धित समाचार