२०८२ कार्तिक २८, बिहीबार १२:१० गते
नेपाली समय

वाईसीएल खजुरा गाउँपालिकाकाे तेस्रो सम्मेलन सम्पन्न :अध्यक्षमा सुनार

२०८२ बैशाख २७ गते, शनिबार समय: २१:३९ मिनेट

खजुरा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो गाउँपालिका सम्मेलन बाँकेको खजुरा गाउँपालिका पाटी कार्यालमा भव्य रूपमा सम्पन्न भएको छ।
सम्मेलनको अध्यक्षता वाईसीएलका युवा नेता यमुना घर्ती परियारले गर्नुभएको थियो भने प्रमुख आतिथ्य नेकपा माओवादी केन्द्रका प्रदेस कमिटी सचिवलय सदस्य तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफान रहनुभएको थियो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) खजुरा गाउँपालिका अध्यक्ष राज कुमार विक , उपाध्यक्ष धनी राम वली ,उपाध्यक्ष प्रदिप विक सचिव खडक वली,वाईसीएल जिल्ला अध्यक्ष नरेन्द्र ददेल लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मेलनबाट भिम सुनारको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
सम्मेलनले संगठन सुदृढीकरण तथा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement 1

नवगठित समितिमा अध्यक्ष भिम सुनारसँगै तीन उपाध्यक्षहरू फिराेज शेष, पार्वती पुन र सन्ताेष थापा रहेका छन्। सचिवमा पवित्रा शाही वली, सह-सचिवमा अरुण थापा तथा कोषाध्यक्षमा राेषनी सल्मानी चयन भएका छन्।
कार्यक्रममा बोल्दै नेकपा माओवादी लुम्बिनी प्रदेस सचिवालय सदस्य तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले पार्टीको महत्वाकांक्षी योजनाहरू कार्यान्वयन गर्ने दायित्व वाईसीएलमा रहेको उल्लेख गर्दै सबै युवाहरुलाई एकताबद्ध भई संगठित रूपमा अघि बढ्न अपिल गर्नुभयो। नेकपा माओबादी केन्द्र सधै जनताको हकहीतमा काम गर्ने, माओबादीले नै सबैको अधिकार दिलाउन निरन्तर लागेको तथा लागि रहने, र प्रत्येक परिवारमा माओबादी केन्द्रको एजेण्डा पुर्याउनु पर्ने बताउदै आज देश माओबादी कै ऐजेण्डामा चलिरहेको बताउनु भयो ।कार्यक्रममा बोल्दै खजुरा गाउँ कमिटी अध्यक्ष राज कुमार विकले दशबर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन बाट परिबर्तित ब्यबस्थालाई केही प्रतिगमनकारी तत्व हरुले कमजोर पार्न खोजेको भन्दै अब वाइसीएल त्यस्तो तत्व को विरुद्ध मा शसक्त रुपले अगाडि बड्न निर्देशन दिदै बिगतमा पनि केही माफिया भ्रष्टचारी हरुलाइ तह लगाएको वाइसीएल आबस्यक परे फेरि पनि तयारी अबस्थामा रहन सबैमा आह्वान समेत गर्नु भएको थियो ।
सम्मेलनले संगठनलाई स्थानीय तहदेखि प्रदेश र केन्द्रीय तहसम्म सहयोग गर्ने संकल्प लिएको छ। युवा नेतृत्वको नयाँ पंक्तिबाट संगठन र पार्टीले ठूला अपेक्षा लिएको भन्दै सबै नेताहरुले नयाँ नेतृत्वलाई बधाई दिएका थिए।

 

सम्बन्धित समाचार