बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालीकाकाे अन्तरपालीका वैठकबाट १० वटा निर्णय सर्वसहमतले पारीत भएको छ ।
Advertisement 1
जानकी गाउँपालीकामा आज वसेको बैठकबाट अन्तरपालीका सिमाना जोड्ने पुर्वाधार निमार्ण, सयुक्त गेट निमार्ण, किरण खोलामा तटवन्धन निमार्ण गर्ने सम्वन्धमा दुवै पालीकोको सयुँक्त वैठक बाट निर्णय भएको हो ।
त्यसैगरी बैठकबाट संयुक्त हाइटेन्सन लाइनको सहजीकरण गर्ने सम्वन्धमा , वातावरणीय सन्तुलनको लागी सडक किनारमा वृक्षारोपन गर्ने,फोहर मैला व्यवस्थापन सम्वन्धमा अन्तरपालीको साझेदारीमा दमकल खरिद गर्ने निर्णय सहमती भएको खजुरा गाउँपालीका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिनुभएको हो ।
सो बैठकमा छाडा पशु चौपाया नियन्त्रण र व्यवस्थापन गर्ने, कृषि अनुसन्धान केन्द्रलाई व्यवस्थापन गर्ने, उद्योग कलकरखानाको वातावरणीय प्रदुषण न्युनीकरण गर्ने बारेमा निर्णय भएको अध्यक्ष विकले बताउनुभयो ।
Advertisement 2
आर्थिक वर्ष २०८२।२०८३ मा वार्षिक कार्यक्रममा संयुक्त रुपमा अघि वढाउने र दुवै पालीकाको लागी आवश्यक ठुला योजना प्रदेश र संघिय सरकार समक्ष सिफारीश गर्ने सर्वसहमतले दुवै कार्यपालीकाको अन्तरपालीकाको संयुक्त वैठकबाट निर्णयहरु भएको जानकी गाउँपालीका अध्यक्ष छव्व्न खाँ ले बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्