Advertisement 1
नेपालगन्ज : भन्सार छली ल्याएको अवैध सामान बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर – २०, राँझाबाट प्रहरीले भन्सार छली ल्याएको उक्त सामान नियन्त्रणमा लिएको हो ।
प्रहरी सहायक निरीक्षक प्रकाश विकको कमाण्डमा खटिएको प्रहरीले चेकजाँच गर्नेक्रममा ६० हजार बढिको भन्सार छली गरि ल्याएको ती सामान नियन्त्रणमा लिन सफल भयो ।
विकका अनुसार राँझा चोकमा चेकजाँच गर्नेक्रममा भन्सार छली ल्याएको एक सय केजी चिनी, ५४ बोटल डियु, २० केजी पास्ता र खाने तेल ८ लिटर लगाएतका समान नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस्