नेपालगन्ज / सहिद कृष्ण सेन “इच्छुक” को २३औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल, बाँकेले आज ‘इच्छुक र जनपक्षीय पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले सहिद सेनप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्याय र स्वतन्त्रताका लागि उनले देखाएको बाटोलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
Advertisement 1
कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी स्थायी समिति सदस्य पुर्ण कुमारी सुबेदीले युद्ध पत्रकारहरूको सम्मान गर्न नसकिएको स्वीकार गरिन् । जनयुद्धमा ज्यान जोखिममा राखेर पार्टीका एजेण्डा जनतामा पुर्याउने पत्रकारहरूलाई पार्टीले नबिर्से पनि सम्मान गर्न नसकिएको उनले बताइन् । कृष्णसेन आफूभन्दा २ वर्ष जेठो भएर पनि आफूलाई दिदी भन्ने गरेको स्मरण गर्दै उनले कृष्णसेन बन्न त्यत्ति सजिलो नभएको स्पष्ट पारिन् ।
प्रेस सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप वाग्लेले पत्रकार कलाकार कवि र लेखक सँधै सताको विरोध र जनताका पक्षमा हुनु पर्ने बताए ।
उनले प्रेस सेन्टर कृष्ण सेनको पदचाप पच्छ्याउदै हजारौ कृष्ण सेनहरू जन्माउने अभियान रहेको बताए ।
Advertisement 2
कार्यक्रममा पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी इमानदार निष्ठा र निडर भएर समाज र जनताको पक्षमा कलम चलाउन सके मात्र कृष्णसेन प्रति सच्चा श्रद्धाञ्जली हुन सक्ने उल्लेख गरे ।
कार्यक्रममा पत्रकार महासङ्घ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि , पूर्व अध्यक्ष द्वय निरज गौतम र झलक गैरे,प्रेस सेन्टरका नेता डा. डक्ट प्रसाद धिताल , प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियनका अध्यक्ष प्रिया स्मृति ढकाल, पत्रकार शरण कर्माचार्य लगायतले शहीद सेन प्रति श्रद्धाञ्जली अर्पण गर्दै न्याय र स्वतन्त्रताका लागि सेनले देखाएको बाटो हिँडने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकार मणी अर्याल ,कपिल अन्जान, पत्रकार बीपी अस्तु लगायतले कविता वाचन समेत गरेका थिए ।
कार्यक्रम नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे , नेताहरू राज कुमार बिक , बलबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन गर्दै प्रेस सेन्टर नेपाल बाँकेका जिल्ला अध्यक्ष चन्द्र बोहराले हिरासतको कठोर पीडामा पनि निडर, अविचल र सत्यको पक्षमा अडिग रहनुभयो। उहाँले देखाएको मार्ग नै हाम्रो प्रेरणा हो।”
सत्य, न्याय र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न हामी पनि त्यही बाटो पछ्याईरहेने बताए ।
Advertisement 3
०५६ पुष १९ गते ललितपुर जिल्लाको भट्टे डाँडाको प्रहरी चौकी माथि माओवादी आक्रमण भएको समाचार छापेबापत सेन सम्पादक रहेको जनादेश प्रतिबन्धित मात्र भएन, कृष्ण सेनलाई पक्राउ वारेन्टसमेत जारी गरियो ।
वि.सं. २०५९ जेठ ६ गते उनलाई महेन्द्र पुलिस क्लबको हिरासतमा सारियो। जेठ १३ गते हिरासतमै अमानवीय यातना दिई उनको हत्या गरिएको थियो । महेन्द्र पुलिस क्लबमा मृत्युअगाडि उभिंदा पनि उनी निडर र अविचल भएर उभिए ।






प्रतिक्रिया दिनुहोस्