२०८२ मंसिर २२, आईतवार ०७:५९ गते
नेपाली समय

माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीले दिप प्रज्वलन गरि १८ औँ गणतन्त्र दिवस मनायो

२०८२ जेष्ठ १६ गते, बिहीबार समय: २३:०३ मिनेट

१८ औँ गणतन्त्र दिवसको अवसरमा नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले दिप प्रज्वलन कार्यक्रम गरि १८ औँ गणतन्त्र दिवस मनाएको छ ।

Advertisement 1

१८ औँ गणतन्त्र दिवसको अवसरमा नेपालगन्जको सेतुविक चोकमा दिप प्रज्वलन सहितको कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको हो ।

नेकपा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका कमिटि अध्यक्ष प्रेम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेस कमिटी का सदस्य दिपेन्द्र बिष्टले सम्बोधन गर्दै गणतन्त्र रक्षाका लागी माओवादीका सबै नेता तथा कार्यकर्ताले गणतन्त्रले दिएकाे उपलब्धिको रक्षा गर्न लाग्नुपर्ने बताएका थिए ।

Advertisement 2

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेस कमिटी परिसद सदस्य तथा उद्योग वाणिज्य सङ्घ बाँकेका अध्यक्ष टंक धामीले सम्बोधन गर्दै गणतन्त्रका उपलब्धिका बारेमा चर्चा गरेका थिए ।

दिप प्रज्वलन कार्यक्रम नेकपा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका कमिटि अध्यक्ष प्रेम शाहले नेपाली जनताको संघर्षपुर्ण बलिदान, त्याग तपस्याले एकात्मक निरङ्कुस तानाशाह राजतन्त्रको अन्त्य भएको दिनको स्मरण गर्दै जनताले आफ्नो अधिकार प्राप्त गरेको दिनमा सबैले उत्सवको रुपमा मनाउनु पर्ने बताए  । उक्त दिप प्रज्वलन कार्यक्रम लुम्बिनी प्रदेस कमिटी सदस्य बसन्त मल्ल ,प्रदेस कमिटी सदस्य दिपेन्द्र बिष्ट उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, उद्योगवाणिज्य सङ्घका महिला उपाध्यक्ष उपाध्यक्ष मन्दिरा पाण्डे  प्रेेस सेन्टर नेपालका जिल्ला अध्यक्ष चन्द्र बाेहरा, अनेरा स्ववियु  क्रान्तिकारी जिल्ला अध्यक्ष सुनिल बटाला , प्रेेस सेन्टर नेपालका नगर अध्यक्ष अर्शद अलि रङरेज,वाइसीएल  नगर अध्यक्ष लगाएत नेता तथा कार्याकर्ताकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रमकाे संचालन  नेकपा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका कमिटिका सचिव धर्मराज न्याैपानेले गरेका थिए।

सम्बन्धित समाचार