२०८२ कार्तिक २८, बिहीबार १०:१४ गते
नेपाली समय

माध्यमिक विद्यालयका शिक्षकहरूलाई जीवन उपयोगी तालिम खजुरामा

२०८२ जेष्ठ २१ गते, मंगलवार समय: ००:०८ मिनेट

खजुरा – बालिका शिक्षा कार्यक्रम अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाका १६ वटै माध्यमिक विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकका लागि तीन दिने तालिम सोमबारदेखि सुरु भएको छ। रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालद्वारा आयोजित तालिम खजुरा गाउँपालिकामा सुरु भएको हो।

Advertisement 1

उक्त  कार्यक्रमकाे  उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान) ले, “बालिका शिक्षा कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको छ, त्यसैले यसलाई निरन्तरता दिने योजना अघि बढाइएको हो,” भन्नुभयो । उहाँले मधेशी र मुस्लिम समुदायका किशोरीहरूमा आएको परिवर्तनप्रति पनि उत्साह व्यक्त गर्नुभयो ।
उपाध्यक्ष मञ्जु मल्लले कार्यक्रमलाई शैक्षिक गुणस्तर सुधारको सफल प्रयासको रूपमा चित्रित गर्दै थप विस्तारको आवश्यकता औंल्याउनु भयो । कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक कृष्णा पोखरेलले विद्यालय अनुगमनबाट देखिएको परिवर्तनलाई कार्यक्रमको उपलब्धिको आधार बताउनु भयो ।
शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले सबै विद्यालयमा पुग्नु चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै कार्यक्रमलाई सफल बनाउने विश्वास व्यक्त गर्नु भयो ।
तालिमका मुख्य उद्देश्यहरूस्

जीवन उपयोगी शिप र यसको १० मूल तत्त्वबारे प्रशिक्षण
विद्यालय  जीवन उपयोगी शिप शिक्षाको निरन्तरता सुनिश्चित गर्नु

Advertisement 2

जलवायु न्याय पाठ्यक्रमको सान्दर्भिकता बुझ्नु
ड्ड जलवायु परिवर्तन, लैङ्गिकता र न्यायसम्बन्धी ज्ञान हासिल गर्नु

पाठ्यक्रम विशेष क्रियाकलाप र कार्यान्वयनका पक्षमा स्पष्टता ल्याउनु
रुम टु रिडका जय प्रजापती, दिनेश पोखरेल, निरोज कोइराला तथा बास नेपालका हेमराज भट्ट, शोभा भण्डारी, सविता सुनार र जमुना चौधरी रहनु हुनेछ ।
कार्यक्रमको उद्घाटन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कार्यकारी निर्देशक नमस्कार शाहले गर्नु भएको थियो ।

Advertisement 3

 

सम्बन्धित समाचार