२०८२ मंसिर २२, आईतवार ०८:०० गते
नेपाली समय

डिजिटल साक्षरता तथा साईबर सुरक्षा सम्बन्धि २ दिने अभिमुखिकरण खजुरामा सुरु

२०८२ जेष्ठ २१ गते, मंगलवार समय: ००:३६ मिनेट

बाँकेको खजुरा गाउँपालिका मा २ दिने डिजिटल साक्षरता तथा साईबर सुरक्षा सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । सुचना प्रविधि शाखा खजुराकाे आयाेजना तथा लाईक माईन्डस् नेपालगंज काे सहकार्यमा सुरु भएको अभिमुखिकरणमा खजुरा गाउँपालिकाका ८ वटै वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुकाे सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई डिजिटल माध्यमको सही सदुपयोग कसरी गर्ने, कसरी डिजिटल माध्यमलाई सामाजिक एवम व्यक्तिगत जीवनमा उपयोग गर्ने, विभिन्न बिकृती र अपराधबाट कसरी सुरक्षीत हुने लगायतका बिषयमा अभिमुखिकरण गरिने प्रविधिको दुरुपयोगका कारण सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण गर्दै सुरक्षित डिजिटल प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको खजुरा गाउँपालिका सुचना प्रविधि शाखा प्रमुख सुरेश साहुले जानकारी दिनुभयो ।

Advertisement 1

 

 

सम्बन्धित समाचार