२०८२ मंसिर २२, आईतवार २२:२९ गते
नेपाली समय

अखिल (क्रान्तिकारी) ले गर्‍यो कार्य विभाजन:बाँकेको  इन्चार्जमा कार्की 

२०८२ जेष्ठ २४ गते, शुक्रबार समय: २१:२५ मिनेट

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले कार्य विभाजन गरेको छ । २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई सङ्गठनले आज सार्वजनिक गरेको हो ।

Advertisement 1

सार्वजनिक विवरण अनुसार, संगठनकाे जिल्ला समिति बाँके जिल्ला इन्चार्जको जिम्मेवारी भैरव कार्कीलाई दिइएको छ।

कार्की बाँके जिल्ला भित्र विद्यार्थी सङ्गठन निर्माण तथा विस्तार, सङ्गठनात्मक समन्वयको मुख्य नेतृत्वदाई भुमिका मा रहि काम गर्दै आईरहनु भएको छ ।

Advertisement 2

बैठकले सङ्गठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्य विभाजन गरिएको बताइएको छ ।

सङ्गठनले दिएको जिम्मेवारी पूरा गर्दै अखिल  (क्रान्तिकारी)   बाँकेकाे संगठनलाई अझै उचाई पुर्‍याउने भुमिका खेल्ने  इन्चार्ज कार्कीले बताए

Advertisement 3

सम्बन्धित समाचार