२०८२ कार्तिक २८, बिहीबार ११:१३ गते
नेपाली समय

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८२ असार ५ गते, बिहीबार समय: २१:१३ मिनेट

खजुरा ।

Advertisement 1

खजुरा गाउँपालिका वडा नम्बर २ गाैतम बस्तीमा रहेकाे अमर माविको नव निर्मित ४ काेठे पक्की  भवन र २ काेठे शाैचालयकाे  बिहीबार  एक भब्य समारोहका बिच उद्घाटन भएको छ ।

संघिय सरकार (विद्याल क्षेत्र योजना कृयाकलाप र खजुरा गाउँपालिकाकाे  सहकार्यमा भवन निर्माणकार्य सम्पन्न भएको हो ।

Advertisement 2

नवनिर्मित भवनको  खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले उद्घाटन गर्नुभएको थियो  ।

करिव ७२ लाख लागतमा निर्माण सम्पन्न भएको भवन भूकम्प प्रतिरोधी ४ कोठे पक्की भवन र २ काेठे पक्की शाैचालय  छ ।

Advertisement 3

भवन उद्घाटन कार्यक्रम बाेल्दै अध्यक्ष  विकले सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वाधारका  र शिक्षाको गुणस्तर हिसाबले सामुदायिक विद्यालय अव्बल देखिए पनि शिक्षाको सुधार अझै आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले विद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावकलाई आग्रह गर्नुभयो ।

विद्यालयमा लिएको शिक्षासँगै आफुले पनि घरमा बालबालिकाको अवस्था, विचार र धारणाका बारे जानकार हुन आवश्यक रहेको उनको भनाइ थियो ।

विद्यालय गएका आफ्ना बालबालिकाको पढाईको अवस्था, साथी–संगतका कुरामा ध्यान दिन सकेमात्र बालबालिका अव्बल हुन सक्ने भन्नुहुँदै अध्यक्ष विकले अभिभावकहरु चनाखो हुन जरुरी रहेको बताउनुभयो ।

 गाउँपालिकाले  शैक्षिक प्रणाली सुधारको पक्षमा रहेको भन्नुहुँदै उहाँले शिक्षक र अभिभावकको सकारात्मक भूमिका हुन आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित समाचार