२०८२ मंसिर २१, शनिबार २३:३७ गते
नेपाली समय

नेपाल बुद्धिजीवी संगठन बाँकेको अध्यक्षमा कृष्ण प्रसाद अधिकारी चयन 

२०८२ असार ७ गते, शनिबार समय: २२:१७ मिनेट

नेपालगन्ज /नेपाल बुद्धिजीवी संगठन नेपाल बाँकेको दाेस्रो जिल्ला सम्मेलन बाट जिल्ला अध्यक्षमा कृष्ण प्रसाद अधिकारी  चयन भएका छन् ।

Advertisement 1

माओवादी केन्द्र निकटको जनबर्गिय संगठनको रुपमा रहेको नेपाल बुद्धिजीवी संगठनको कृष्ण  प्रसाद अधिकारी को अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको पदाधिकारीमा  बरिस्ठ उपाध्यक्षमा नारद पुरी, महिला उपाध्यक्षमा चरित्रा शाह, उपाध्यक्षमा बासु शर्मा ,सचिवमा मुना हमाल, सह- सचिवमा अजय कुमार वैश्य, ओम प्रकाश शर्मा ,शेर बहादुर  विक, काेषाअध्यक्षमा प्रमिला शाही सहित २१  सदस्यीय समिति गठन भएको माओवादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र पाण्डे जेम्सले  जानकारी दिनु भएको छ ।

Advertisement 2

नेपाल बुद्धिजीवी संगठन पार्टीको समेत सल्लाहार संगठन भएको हुँदा पार्टीमा आउने समस्या तथा बाह्य मुद्धाका बिषयमा बहस छलफल गरी निश्कर्ष सहित पार्टीलाई सुझाब दिनेगरी काम गर्नु पर्ने माओवादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र पाण्डे जेम्सले  बताउनु भयो ।

नेपाल बुद्धिजीवी संगठन बाँकेका  उपाध्यक्ष नारद पुरीको अध्यक्षतामा संचालन भएकाे  कार्यक्रमको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पाटी बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी  रहनु भएको थियो ।

Advertisement 3

कार्यक्रम बाेल्दै इन्चार्ज सुवेदी लेबुद्धिजीवीहरुलाई आफ्नो बौद्धिक क्षमताका विविध विधा र माध्यमद्धारा पार्टीले लिएको नीति, विचार, कार्यदिशा र आगामि कार्ययोजनालाई सफल बनाउन भूमिका खेल्नु पर्ने बताएका छन् ।

पार्टीको हरेक योजनालाई जनतासम्म पुर्‍याउने काममा लाग्न आग्रह गर्दै उनले पार्टी आफ्नो योजनामा अगाडी बढिरहेकोले जबस र मोर्चाहरु पनि सक्रिय भएर जनतामा पार्टीले दिएको नीति, विचार र योजनालाई गम्भिर

रुपमा लिएर अगाडी बढ्न आग्रह गर्नुभएको थियो  ।

 नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य , प्रदेश सदस्य , माओवादी केन्द्रका खजुरा गाउँपालिका अध्यक्ष राज कुमार विक  लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।

नेपाल बुद्धिजीवी संगठनलाई क्रियाशिलता हिसावले अब्बल संगठन बनाउन आफु प्रतिबद्धता रहेको नव निर्वाचित अध्यक्ष कृष्ण प्रसाद अधिकारीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

सम्बन्धित समाचार