२०८२ मंसिर १३, शुक्रबार ०९:२७ गते
नेपाली समय

खजुरागाउँपालिका २ नम्बर वडापालिकाले खाली जमिनमा फलायो मुंग 

२०८२ भाद्र २ गते, सोमबार समय: १३:३७ मिनेट

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर दुइले वडाको खाली जमिनमा मुंग फलाएको छ ।

Advertisement 1

वडा पालिकाको करिब १८ कठ्ठा खालि जमिनलाई उपभोग गर्दै बागबानी तयार गरेको वडा पालिकाले उक्त क्षेत्रमा मुंग फलाएको हो ।

बागबानीमा आप, कटहर, अम्बा, कागती लगायतका बिरुवा लगाएको र उक्त बिरुवा हुर्कन समय लाग्ने भन्दै छोटो समयमा उत्पादन हुने खेती गर्ने सिलसिलामा मुंग खेती गरिएको खजुरा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष धनराम ओलीले बताए ।

Advertisement 2

‘बाँकेमा उसो त मुंगको खेती गरिएको देखिएको थिएन त्यसैले मुंग खेतिको परिक्षण पनि हुने र उत्पादन राम्रो भएमा वडाबासी मुंग खेती तर्फ आकर्षित हुने हुँदा वडा पालिकाले आफ्नो खाली जमिनमा मुंगको खेती गरेको हो । अहिले उत्पादन हेर्दा सफल भएको अनुभुती भएको छ र यो क्षेत्रमा मुंग खेती हुने देखियो’, अध्यक्ष ओलीले बताए ।

सरकारी जमिन बाझो राख्नु हुन्न र केही न केही उत्पादन गर्नु पर्छ भन्ने संदेश दिन र राजस्वमा समेत टेवा पुराउन वडाले बिगत देखि नै कृषिमा काम गर्दै आएको अध्यक्ष ओलीले बताए । बागवानी र मुग खेतीका साथै आधुनिक टनेल निर्माण गरेर च्याउको ब्यवसायीक उत्पादन र बिक्रीवितरण समेत गर्दै आएको छ ।

सम्बन्धित समाचार