बाँके, खजुरा — खजुरा गाउँपालिका वडा नं. २ गुराँसपुर एल गाउँस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण हुन लागेको तीन कोठे भवन तथा दुई कोठे पक्की शौचालयको बुधबार एक विशेष कार्यक्रमका बीच शिलान्यास गरिएको छ।
Advertisement 1
खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले विद्यालय परिसरमै आयोजित औपचारिक कार्यक्रममा भवन निर्माणको शिलान्यास गर्नुभयो। सो अवसरमा उहाँले शिक्षाको पहुँच, पूर्वाधार विकास र शैक्षिक गुणस्तर उकास्न पालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बिल्ड अन नेपाल र खजुरा गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको उक्त परियोजनाअन्तर्गत विद्यालयमा तीन कोठे पक्की विद्यालय भवन र दुई कोठे पक्की शौचालय निर्माण गरिने जानकारी प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले दिनुभएको छ।
Advertisement 2
शैक्षिक वातावरण सुदृढ बनाउन पूर्वाधार विकास महत्वपूर्ण रहेको बताउँदै उहाँले समयमै, गुणस्तरीय र सुरक्षित भवन निर्माण हुने विश्वास दिलाउनुभयो।
स्थानियवासी, विद्यालय व्यवस्थापन समिति तथा जनप्रतिनिधिको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो।





प्रतिक्रिया दिनुहोस्