२०८२ मंसिर २२, आईतवार ०९:०६ गते
नेपाली समय

बासगढी नगरपालिकामा कपडा बैंक स्थापना, ७ सयभन्दा बढीलाई न्यानो कपडा वितरण

२०८२ मंसिर १७ गते, मंगलवार समय: २०:११ मिनेट

बर्दिया –  बर्दिया बासगढी नगरपालिकामा कपडा बैंक स्थापना गरिएको छ। बासगढी नगरपालिका र क्लोथ एण्ड फुड बैंक नेपालको सहकार्यमा सुरु गरिएको यस क्रममा मङ्गलवार वडा नं. ४, ५ र ६ का ७ सयभन्दा बढी व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको कपडा बैंकका परिकल्पनाकार तथा अध्यक्ष कमल जिसीले जानकारी दिए।

Advertisement 1

जिसीका अनुसार “आफ्नो घर–टोल र समाज सफा राखौं, कोही कपडाविहीन नरहोस्” भन्ने उद्देश्यसहित देशभरका स्थानीय तहसँगको सहकार्यमा कपडा बैंक स्थापना अभियान अगाडि बढाइएको हो।
उनका अनुसार नेपालभरका ९८ वटा स्थानीय तहमा कपडा बैंक स्थापना भई सञ्चालनमा छन्। पुनःप्रयोग महाअभियानले देशको धौकुटी जोगाउन र वातावरण स्वच्छ राख्न मद्दत गर्ने अपेक्षा पनि उनले व्यक्त गरे।

उनले हुनेले दान गर्ने, नहुनेले निःशुल्क कपडा पाउने उद्देश्यले कपडा बैंक सुरु गरिएको उल्लेख गर्दै, संकलित कपडाहरूलाई प्रशोधन गरी पुनःप्रयोगमा ल्याइने बताए।

Advertisement 2

बासगढी नगरपालिकाका प्रमुख खड्क बहादुर खड्काले पालिकाले विगतदेखि नै सामाजिक क्षेत्रका विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको बताउँदै, क्लोथ एण्ड फुड बैंकसँगको सहकार्यमा कपडा बैंक नियमित सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले आवश्यकता अनुसार कपडा वितरण निरन्तर जारी रहने र निकट भविष्यमा फुड बैंक पनि सञ्चालनमा ल्याइने घोषणा गरे।

कार्यक्रममा बासगढी नगरपालिकाकी उप–प्रमुख इन्दिरा चौधरी, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, उद्योगी–व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement 3

 

सम्बन्धित समाचार