२०८२ पुष १७, बिहीबार ०७:४८ गते
नेपाली समय

युवा नेतृत्वको उदयः बाँके–३ बाट प्रत्यक्ष उम्मेदवारीका लागि टेकेन्द्र मल्ल सिफारिस

२०८२ पुष १४ गते, सोमबार समय: ०८:१७ मिनेट

बाँके। लामो समयदेखि विद्यार्थी आन्दोलन र कम्युनिष्ट राजनीतिमा सक्रिय युवा नेता टेकेन्द्र मल्ल २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नं.–३ बाट प्रत्यक्ष उम्मेदवारीका लागि सिफारिस भएका छन्। युवाको नेतृत्व, वैचारिक स्पष्टता र संघर्षशील पृष्ठभूमिका कारण उनको उम्मेदवारीलाई स्थानीय राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

Advertisement 1

मल्लको राजनीतिक यात्रा बाल्यकालमै परिवारको राजनीतिक संस्कारबाट सुरु भएको हो। २०६३ सालतिर विद्यालय जीवनमै अनेरास्ववियुसँग आबद्ध भई उनी संगठित विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए। त्यसयता निरन्तर १९ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका मल्ललाई आन्दोलनबाट खारिएको युवा नेताका रूपमा चिनिन्छ।

“चुनाव चिन्ह अस्थायी हुन्छन्, तर विचार र झण्डा स्थायी हुन्छन्,” मल्लले बताएका छन्, “हिजो सूर्य वा कलम थियो, आज तारा छ, भोलि अरू पनि हुन सक्छ; तर कम्युनिष्ट झण्डासँगको मेरो सम्बन्ध जीवनभर रहनेछ।”

Advertisement 2

उनका अनुसार जीवनको झण्डै एक दशकभन्दा बढी समय विद्यार्थी राजनीति र विश्वविद्यालयीय अध्ययनमा बित्यो। अबको चरणमा उनी युवाको रोजगारी, शिक्षा, सामाजिक न्याय र जनसरोकारका मुद्दालाई केन्द्रीय एजेन्डा बनाएर जनताको सेवा र सामाजिक व्यवहारको ‘विश्वविद्यालय’मा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्छन्।

प्रतिनिधि सभा निर्वाचनका लागि बाँके–३ बाट प्रत्यक्ष उम्मेदवारीको सिफारिस गर्ने पार्टीका नेता–कार्यकर्ता, युवा पंक्ति र समर्थकप्रति आभार व्यक्त गर्दै मल्लले युवाको भरोसालाई इमानदार प्रतिनिधित्व, नीतिगत हस्तक्षेप र निरन्तर संघर्षमार्फत सार्थक बनाउने बताएका छन्।

Advertisement 3

स्थानीय स्तरमा टेकेन्द्र मल्लको उम्मेदवारीलाई परम्परागत राजनीतिभन्दा फरक, युवाको आवाज संसद्‌सम्म पुर्‍याउने सम्भावनायुक्त विकल्पका रूपमा विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार