२०८३ बैशाख ३, बिहीबार १३:०७ गते
नेपाली समय

बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गर्ने राप्रपाको निर्णय

२०७९ आश्विन २५ गते, मंगलवार समय: १९:३८ मिनेट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागी उम्मेदवारलाई पर्टीबाट निष्कसन गर्ने निर्णय लिएको छ । पार्टीको अधिकारी उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता नलिए निष्कासन गर्ने राप्रपाले निर्णय लिएको हो ।

Advertisement 1

मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपाले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयमा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएकाले  बुधवार १ बजेसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गरिने राप्रपाले जनाएको छ ।

Advertisement 2

बागी उम्मेदवारी फिर्ता गर्नका लागि प्रयास गर्न पार्टीका सम्बन्धित जिल्ला र निकायलाई राप्रपाले अनुरोध पनि गरेको छ ।

सम्बन्धित समाचार