२०८३ बैशाख ५, शनिबार १६:४७ गते
नेपाली समय

टकसारको १३औं सभा सम्पन्न

२०७९ आश्विन २९ गते, शनिबार समय: २१:२८ मिनेट

बाँके –

Advertisement 1


बाँकेको नेपालगन्जमा रहेको टकसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक कार्ययोजना सम्पन्न भएको छ । टकसारले संस्थाका वरिष्ठ सल्लाहकार ईश्वरप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा नेपालगन्जमा वार्षिक सभा शनिबार सम्पन्न गरेको हो ।


संस्थाका अध्यक्ष वीरभान केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक प्रतिवेदनसहित आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केसीले संस्था आर्थिक तथा प्रशासनिक क्षेत्रमा बलियो हुँदै गएको बताए । उनले टकसारको शेयर पुँजी, बचत तथा ऋण प्रवाह आर्थिक वर्ष २०७७/०७८ भन्दा आर्थिक वर्ष २०७८/०७९ वृद्धि भएको बताए ।

Advertisement 2


कार्यक्रममा केसीले प्रतिवेदन प्रस्तुतिकरण गर्दै संस्थाको बचत तथा पुँजीमा वृद्धि गर्ने, शेयर सदस्यलाई सीपमूलक, आयमूलक तालिम दिने बताए । साथै कर्मचारी तथा संचालक र लेखा समितिका पदाधिकारीहरुको कार्य दक्षता वृद्धि गर्न आवश्यक तालिम दिनेसमेत बताए ।


टकसारले आगामी दिनमा मोबाइल बैंकिङ, लघुवित्त क्रियाकलाप र आर्थिक वर्ष २०७९/०८० को मसान्तसम्ममा संस्थाको शेयर सदस्य र बचतकर्ता सदस्यको संख्या ४ हजार पुर्याउने लक्ष्य लिएको केसीले बताए ।

Advertisement 3


कार्यक्रममा उपस्थिति अतिथिले टकसारले सहकारी क्षेत्रमा विश्वासको वातावरण बनाउँदै सफल सहकारीको रुपमा आफूलाई चिनाउन सफल भएको बताए ।

कार्यक्रमका सहभागी

सम्बन्धित समाचार