२०८३ बैशाख ५, शनिबार १६:५६ गते
नेपाली समय

आजदेखि अष्ट्रेलियामा विश्वकप क्रिकेट सुरु

२०७९ आश्विन ३० गते, आईतवार समय: ०९:५१ मिनेट

एजेन्सी –

Advertisement 1


आज (आइतबार) देखि आईसीसी ट्वेन्टी-ट्वेन्टी विश्व कप क्रिकेट सुरु हुँदैछ। अस्ट्रेलियाको भिक्टोरियामा हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन्।


खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ। नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ। श्रीलङ्का पूर्व च्याम्पियन हो।

Advertisement 2


आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड आमने सामने हुन लागेका छन्। यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो।


विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन्।

सम्बन्धित समाचार