सल्यान –
Advertisement 1
सल्यानमा अरिंगालको टोकाइबाट आमा, छोरीको मृत्यु भएको छ । सोमबार दिउँसो खेतमा धान काटेर घर फर्कने क्रममा अरिंगालको टोकाइबाट घाइते भएकी सिद्धकुमाख गाउँपालिका–१, पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र ४ वर्षीया छोरी प्राप्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अरिंगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थिति परोपकार अस्पतालमा ल्याइएको थियो । थप उपचारका लागि कोहलपुर लैजाने क्रममा राति बाटोमै आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Advertisement 2
अरिँगालकै टोकाइबाट शोभाका अंकल २१ वर्षीय घाइते भएका छन् । उनको उपचार भइरहेको छ । अरिँगालले तीनजनालाई सँगै टोकेको थियो ।








प्रतिक्रिया दिनुहोस्