२०८३ बैशाख ५, शनिबार १८:५२ गते
नेपाली समय

नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को ट्रेलर सार्वजनिक

२०७९ कार्तिक १ गते, मंगलवार समय: २०:३८ मिनेट

बाँके –

Advertisement 1


नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज आर बर्जातियाको निर्देशन तथा राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा भारतीय सुपरस्टार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, परिणिती चोपडालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ट्रेलरमार्फत चलचित्रले आफ्नो साथीलाई अन्तिम श्रछाञ्जली प्रकट गर्न साथीको अस्तु सगरमाथामा विसर्जन गर्न निस्केका तीन वृद्धको यात्रा र सो क्रममा उनीहरुले भोग्न परेको संघर्षको विषयवस्तुलाई प्रस्तुत गरेको अनुमान लगाउन सकिन्छ ।

Advertisement 2

झण्डै तीन मिनेट लामो ट्रेलरमा नेपालका दृश्यहरुले राम्रो स्क्रिनटाइम पाएको देख्न सकिन्छ । उचाइ टीमले केही समय अगाडि झन्डै डेढ महिना नेपालमा छायाँकन गरेको थियो ।

चलचित्र आगामी नोभेम्बर ११ देखि विश्वभर एकै साथ प्रदर्शनमा आउनेछ ।

सम्बन्धित समाचार