२०८३ बैशाख ५, शनिबार १८:५४ गते
नेपाली समय

‘महापुरुष’को राजधानीमा पत्रकारसंग विशेष भेटघाट

२०७९ कार्तिक १ गते, मंगलवार समय: २१:१९ मिनेट

काठमाडौं –

Advertisement 1


आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरुष’ले राजधानीमा मंगलबार पत्रकारसंग विशेष भेटघाट कार्यक्रम गरेको छ।

चलचित्रको प्रदर्शन नजिकिँदै गर्दा मोफसल टुर सम्पन्न गरेर प्रचारप्रसारमा थप मद्दत होस् भनेर गरिएको पत्रकार विशेष भेटघाटमा चलचित्रमा कलाकारसंगै अधिकांश मिडियाको उपस्थित देखियो ।

Advertisement 2

भेटघाट कर्यक्रममा बोल्दै चलचित्रका कलाकार राजाराम पौडेलले सुटिङका क्रममा कसैसँग, कहिँकतै, कहिल्यै पनि मनमुटाव नभएको बताए । साथै उनले सौहार्दरुपमा काठमाडौंमा छायांकन गरिएको ‘महापुरुष’ राम्रो चलचित्र भएको बताएका छन ।

सोसल ड्रामा भनिएको ‘महापुरुष’का निर्देशक एवम् लेखक प्रदीप भट्टराई हुन् । षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।

Advertisement 3

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अर्जुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ।

त्येस्तै दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी अन्जनाको यो डेव्यु चलचित्र हो । अन्जनालाई निर्माण टिमले अडिसनबाट छनोट गरेक थियो ।

सम्बन्धित समाचार