२०८३ बैशाख ५, शनिबार १८:५१ गते
नेपाली समय

मतदाताको हौसला पाउँदै अग्रहरी

२०७९ कार्तिक १ गते, मंगलवार समय: २१:३१ मिनेट

नेपालगन्ज –

Advertisement 1

मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार विनोद अग्रहरीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अग्रहरीले मतदातासमक्ष उनले राष्टृिय स्वतन्त्र पार्टी र आफ्ना एजेण्डाहरु सुनाउँदै हिँडिरहेका छन् ।

उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् ।

Advertisement 2


भिडभाड, तामझाम विना नै घरदैलो गर्ने र मतदातासँग अन्तक्र्रिया गर्ने पार्टीको नीतिअनुरुप घरदैलो कार्यक्रमलाई बढीभन्दा बढी अन्तक्रियात्मक बनाउने प्रयास गरिरहेको उनी बताउँछन् । जहाँ पुग्दा पनि मतदाताले अब विकल्प खोज्ने मुड बनाएका पाइएको उनको दाबी छ ।


उनले मतदातालाई निरास नबनाउने प्रतिबद्धता जनाउँदै हिडेका छन् । कतिपय मतदाताले अग्रहरीलाई जितिसकेपछि अन्य नेता जस्तो व्यवहार देखाउन अनुरोध गरिरहेका पनि पाइएको थियो । चुनावमा भोट माग्न दलबलसहित आउने तर निर्वाचित भैसकेपछि देखे नदेखेजस्तो व्यवहार नेताहरुले गर्ने गरेकाले यसो नगर्न मतदाताले अनुरोध गरेका थिए ।

Advertisement 3

अग्रहरीले मतदाता भेट्दै गलत गरेको खण्डमा कठालो समाउन सक्ने अधिकार जनतालाई रहेको भन्दै यसपटक सोच विचार गरेर आफ्नो मत खसाल्न अनुरोध गरे ।

मंगरबार बिहान नेपालगन्ज १ धम्बोभिमा घरदैलो गरेका अग्रहरीको टिमले दिउँसो सदरलाइन, न्युरोड क्षेत्रमा मतदाता भेटेको थियो ।

अहिलेसम्म गरिएको घरदैलोमा जनताको मन जित्ने सकिनेमा विश्वास बढ्र्द गएको अग्रहरीले बताएका छन् ।

सम्बन्धित समाचार