२०८३ बैशाख ५, शनिबार १८:४७ गते
नेपाली समय

सन्दीपमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप

२०७९ कार्तिक २ गते, बुधबार समय: २१:२४ मिनेट

काठमाडौं –
बलात्कारको आरोप लागेका नेपाली राष्टिय क्रिकेटर टिमका सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ ।

Advertisement 1

अघिल्लोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले सात दिनको म्याद मागेको थियो । तर अदालतले थप चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाइ असोज २० मा प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार