२०८३ बैशाख ५, शनिबार २०:४७ गते
नेपाली समय

नरैनापुर अध्यक्ष शाह घर फर्किए

२०७९ कार्तिक ३ गते, बिहीबार समय: १५:४४ मिनेट

बाँके –
बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह ५ दिनको स्वास्थ्य उपचारपछि घर फर्किएका छन् । अध्यक्ष शाहको सचिवालयले अध्यक्ष शाह स्वास्थ्य लाभ गरी बिहीबार घर फर्किएको जनाएको छ ।

Advertisement 1


अध्यक्ष शाह डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशिलताका कारण केही दिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् ।


चिकित्सकको सल्लाह अनुसार अध्यक्ष शाहले केही दिन घरमै आराम गर्नेछन् । एन्फ्लुयन्जा संक्रमणसंगै निमुनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि गत आइतबार भारतको लखनउस्थित रहेको अपोलो अस्पतालमा अध्यक्ष शाह भर्ना भएका थिए ।

Advertisement 2


डिस्चार्ज भएपछि अध्यक्ष शाहले भने, ‘स्वास्थ्यमा क्रमिक सुधार आएपछि लखनऊको पोलो अस्पतालबाट ५ दिनको बसाइँपछि आज होम रेस्टका लागि डिस्चार्ज भएको छु । केही दिन लखनऊमा रेस्ट गरेपछि नरैनापुर फर्किने छु । जनताको सेवा गर्दागर्दै एन्फ्लुयन्जा भाइरस र निमुनियाको संक्रमण भएपछि मेडिकल कलेज नेपालगन्जले थप उपचारका लागि लखनऊ रेफर गरेको थियो । लखनऊको पोलो अस्पतालमा मलाई रेखदेख गर्ने सबै डाक्टर, नर्स, सहयोगी र व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु । म अस्पतालमा रहँदा भेट्न आउनु हुने र सुस्वास्थ्यको कामना गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । छिट्टै जनताको सेवामा फर्किने छु ।’

सम्बन्धित समाचार