पोखरा –
Advertisement 1
गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नेपाली खेलकुदको कुम्भमेलाको रहेको नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहकाबीच समापन गरिएको हो ।
‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको नवौं राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा समापन भएको छ ।
अब दशौं संस्करण भने कर्णाली प्रदेशमा आयोजना हुनेछ । समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको छ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।
Advertisement 2

समापनमा टिम च्याम्पियन बनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरिएको थियो । पहिलोपटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाइएको छ ।
आर्मी १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेर टिम च्याम्पियन बनेको हो ।
यस्तै समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए ।
Advertisement 3
त्यसबाहेक झाँकी, नृत्य, गायनलगायत आतिसबाजी गरिएको थियो ।
नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा खेलाडीले ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका थिए ।
यस पटक ३६ खेलका ३ सय ९६ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा भएको थियो ।










प्रतिक्रिया दिनुहोस्