बाँके –
Advertisement 1
बाँकेमा जिल्लास्तरीय सिकाई आदन प्रदान कार्यक्रम नेपालगन्जमा संचालित छ । अपांगता सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक)नेपालद्वारा जिल्लमा संचालित सबैका लागि शिक्षा परियोजनाका बारेमा सिकाई आदान प्रदान गरिएको हो ।
युएसएआइडिको आर्थिक सहयोगमा संचालित सबैका लागि पढाई कार्यक्रम जिल्लामा चार वर्ष देखि संचालनमा छ । परियोजनाले प्रारम्भिक बालविकास देखि कक्षा ३ सम्मका बालबालिकाको पठन सिप विकासमा सुधार गर्ने गरी काम गरेको सिकाइ आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताले बताए ।
Advertisement 2
परियोजनाले ३ सय ६१ वटा विद्यालयका प्रध्यानाध्यापक र इमिस डाटा फोकल पर्सन गरी ७ सय २७ लाई २ दिने र १ सय ३८ लाई पुनर्ताजगी गरी अपांगता समावेशि शिक्षा तथा प्रारम्भिक पहिचान सम्बन्धि तालिम र पुनः ६ पालिकाका २ सय ८० जनालाई तालिम प्रदान गरेको छ ।
जिल्लाका ३ सय ६१ वटा विद्यालयका बालविकास देखि कक्षा ३ सम्मका ४२ हजार ६ सय ५३ बालबालिकाहरुको प्रारम्भिक पहिचान गरिएको कार्यक्रममा जनाइएको छ । परियोजना मार्फत २ हजार २ सय ५६ जना सङ्कास्पद देखिएका मध्ये १२ सय २१ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी १ सय ३५ जनालाई सहायता सामग्रीहरु वितरण गरिएको छ ।
परियोजनाले सिकाई सहजिकरणका लागि आवश्यक सहयोग विद्यालयहरुलाई गरेकाले शिक्षा प्रदान गर्न सहज बनेको उपस्थित शिक्षकहरुले जनाए ।
Advertisement 3
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा युएसएआईडिको सहयोग, एचआई, विश्व शिक्षासंगको साझेदारीमा डेक नेपालले बाँके जिल्लामा संचालन गरेको परियोजनाको सिकाई आदान प्रदान एक कार्यक्रमका विच गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र बहादुर चौधरीले शिक्षा पद्धतीलाई अर्झ सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । समन्वय समितिका संयोजक चौधरीले सबैका लागि शिक्षा परियोजना फार्मत पढाई बाट बन्चितहुन पुगेका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन सकेकोमा धन्यबाद दिए । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले फरक क्षमता भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न गर्नुपर्ने सम्पूर्ण सहयोग पालिकाले गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रिले राज्यले सबै किसिमका बालबालिकाहरुलाई समान शिक्षा प्रदान गर्ने नीति लिएको भन्दै यस सबैका लागि शिक्षा परियोजनाले गर्दा पनि राज्यको लक्ष्यलाई पूरा गर्न सहज बनेको उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी खत्रिले फरक क्षमता भएका बालबालिकाहरुलाई यसरी शिक्षाको पहुँचमा ल्याउन गरिएको परियोजना प्रभावकारी रहेको बताए ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका उप सचिव नारद धमलाले बाँके र सुर्खेतका जिल्लालाई विशेषगरी हेरिएकोले सोहि अनुसार परियोजना संचालन गरिएको उल्लेख गरे ।
खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले अपांगता भएका बालबालिकाको पहिचान गर्न र विद्यालय सम्म पढ्न आउने बातावरण सिर्जना गर्न परियोजनाले महत्वपूर्ण भुमिका खेलेको बताए ।
परियोजनाले गर्दा स्थानीय पालिकामा कस्तो कार्यक्रम बनाउने र संचालन गर्ने भन्ने बारेमा पनि पहिचान गराइदिएको मल्लले जनाए ।
ज्ञानपुर्णोदय प्राथामिक विद्यालय राप्नती सोनारीका प्रध्यानाध्यापक भरत खड्काले परियोजनाले गर्दा अपांगता भएका बालबालिकाको शिक्षाको विकासमा ठूलो सहयोग पुगेको जनाए ।
परियोजनालाई निरन्तरता दिन स्थानिय सरकारल चासो दिनुपर्नेमा सहभागिले जोड दिएका थिए ।
कार्यक्रममा साझेदार सस्थाहरुलाई बाँकेका स्थानिय तहका शिक्षा शाखाका प्रमुख, कार्यक्रम संचालन भएका विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्