बाँके –
Advertisement 1
नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार किशोरसिंह राठौरले गठबन्धनलाई जिताउन सबैलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेस बाँके प्रसार समितिद्वारा पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा राठौरले विगतका तिता कुरालाई भुलेर गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन्
।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काँग्रेस गठवन्धनका उम्मेदवार विजयी गराउन उम्मेदवारसहित आयोजित छलफलमा बोल्दै प्रमुख अतिति राठौरले विगतमा माओवादीसँगका हुन् या काँग्रेसभित्रकै आन्तरिक तिता कुरालाई विर्सिएर यतिबेला गठवन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्न अपील गरे ।
Advertisement 2
संविधानको रक्षा र कार्यान्वयन तथा लोकतन्त्रको सुदृढीकरणका लागि गठवन्धनका उम्मेदवार जिताउनु बाहेकको विकल्प नरहेको उनको भनाइ थियो । निर्वाचनलाई उत्सवका रुपमा लिन आह्वान गर्दै नेता राठौरले लोकतान्त्रिक पद्धतिको मजवुतीका लागि पनि निर्वाचनमा खटिन जोड दिए ।
यूवा नेता राठौरले टिकट वितरण लगायतमा भएका असन्तुष्टि भए समिक्षा गर्न सकिने भन्दै यतिबेला निर्वाचन हारेपछि गठवन्धन बीचको विश्वास पनि गुम्ने खतरा रहेको पनि बताए । मधेशी, थारु, दलित, महिलाको हक अधिकारको सुनिश्चतताका लागि पनि काँग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको उनको जिकिर थियो ।
Advertisement 3
अन्य क्षेत्रबाट आएको भन्दै आफनो आलोचना भएकोे प्रसंगलाई उल्लेख गर्दै उनले बाँके–बर्दिया आफ्नो परिवार र आफूले योगदान गरेको क्षेत्र भएको बताए । पार्टीले जहाँ उठायो त्यही उठेको उनको भनाई छ ।
सो कार्यक्रममा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदिप नरसिंह राणा, बाँके क्षेत्र नं ३(२) का प्रदेशसभा सदस्य उम्मेदवार बादशाह कुर्मी, क्षेत्र नं २ (१) का प्रदेशसभा सदस्य उम्मेदवार राजकुमार वर्मा, क्षेत्र नं १ (१) का प्रदेशसभा सदस्य उम्मेदवार फुलाराम थारु, बाँके क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्र हमाल लगायतले प्रचारप्रसारको अवस्थाबारे प्रकाश पार्दै गठवन्धनको पक्षमा माहोल बनाउन आह्वान गरे । प्रचारप्रसार समिति संयोजक गोपाल प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कृष्ण कार्की लगायतले बोलेका थिए । प्रचारप्रसार समिति सचिव उमा थापाले कार्यक्रम संचालन गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्