२०८३ बैशाख ५, शनिबार २०:३४ गते
नेपाली समय

राष्टिय झण्डा ओढेर मतदातामाझ पुग्दै अग्रहरी

२०७९ कार्तिक ४ गते, शुक्रबार समय: १८:३७ मिनेट

बाँके –

Advertisement 1


बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार विनोद अग्रहरीले मतदाता परिवर्तन खोजेको र मत पनि परिवर्तनकै पक्षमा खसाल्ने बताएका छन् ।


शुक्रबार नेपालगन्जको एकलैनी, क्षेत्रका जनतालाई भेद्दै उनले परिवर्तनको पक्षमा जनता रहेको बताएका थिए । स्थानिय जनताले पनि देशको भलो गर्न सक्ने नेता खोजेको बताए ।

Advertisement 2


मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट राष्टिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन । उम्मेदवारी दिइसकेपछि जनताको समस्या बुझने र आफ्ना एजेन्डाहरु सुनाउने दिनचर्या बनेका छन् ।


शरीरमा नेपालको झण्डा, हातमा घण्टी लिएर साथमा २, ३ जना सहकर्मिहरु सहित अग्रहरीले चुनावि प्रसार प्रचार र जनतासंग साथ मागिरहेका छन । नेपालगन्जमा केहि ठुला दल भनिएकाहरुले एक अर्काको विरोध गर्दै भोट मागिरदाँ अग्रहरीले भने जनताले चाहेको कुरा के हो त्यो पत्ता लगाउन खोजिरहेका छन ।

Advertisement 3


आखिर जनताले किन त्यहि नेतालाई रोजिरहेको ? जसले विकास होइन देशलाई झन भन्दा झन पछाडि पार्दै छन् उनले जनतालाई प्रश्न पनि गर्दै अघि बढ्दै छन् ।


पहिलोपटक उम्मेदवार बनेका अग्रहरीले जनताले सक्षम व्यक्तिलाई छान्ने र त्यसको लागि आफु योग्य रहेको उल्लेख गरे । ‘म हरेक घरका जनता भेटन् पुगिरहेको छु । आसा छ जनताले न्याय गर्नेछन् । जनताको विश्वासलाई कदापि विस्वासघात गर्ने छैन,’ अग्रहरीले भने ।

सम्बन्धित समाचार