२०८३ बैशाख ६, आईतवार ००:०८ गते
नेपाली समय

आज सूर्य गूहण, के गर्नु हुन्छ, के गर्नु हुँदैन

२०७९ कार्तिक ८ गते, मंगलवार समय: १०:०२ मिनेट

बाँके –

Advertisement 1


आज (मंगलबार) कार्तिक कृष्ण औँसीका दिन ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्य ग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सो ग्रहण नेपालबाट करिब ३२ मिनेट देखिने समितिले जनाएको छ ।


ग्रहणले आज दिउँसो ४ः५२ बजे सुरु भई बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । बाँकी समय नेपालबाट नदेखिने भएता पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्ने समितिले जनाएको छ ।

Advertisement 2


शास्त्रीय मान्यताअनुसार ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिले जनाएको छ ।


ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने मानिन्छ ।

Advertisement 3


ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, काल माधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।


ग्रहणको समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।


सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्र ग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् बताउँछन् ।


सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि भोजन गर्नु हुँदैन । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

सम्बन्धित समाचार