बाँके –
Advertisement 1
सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिकरूपमा चन्द्रमाद्वारा छेकिन्छ ।
भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छ भने त्यस अवस्थालाई सूर्यग्रहण भनिन्छ ।
पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ । त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पर्छ ।
Advertisement 2
धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास–ग्रहण भनिन्छ । कहिले कहीँमात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण–ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ । पूर्ण–ग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । अधिकतम दुई सय पचास (२५०) किलोमिटरको सम्पर्कमा मात्र पूर्ण ग्रहण देख्न सकिन्छ । यस क्षेत्रभन्दा बाहिर खण्डग्रास–ग्रहण मात्र देखिन्छ ।
पूर्ण–ग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडिबाट जानमा दुई घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई अधिकतम, सात मिनटसम्म पुरा छेक्दछ । यसबखत केही आकाशमा केही समयको अँधेरो हुन जान्छ, या दिनमा रात भएको जस्तै भान हुन्छ ।
ज्योतिष विज्ञानका दृष्टिले सूर्य ग्रहण
Advertisement 3
ग्रहण प्रकृतिको एक सामान्य घटना हो । ज्योतिषका दृष्टिकोणले हेर्ने हो भने अभूतपूर्व, विशिष्ट ज्योतिष ज्ञान, ग्रह र उपग्रहरूको गतिविधि एवं उनीहरूको स्वरूप स्पष्ट गर्दछ ।
सूर्यग्रहण (सूर्योपराग) सूर्य आंशिक अथवा पूर्ण रूपले चन्द्रमाद्वारा आवृत (व्यवधान ÷ बाधा) भएको बेला पर्दछ । यस प्रकारका ग्रहणको लागि चन्द्रमालाई पृथ्वी र सूर्यको बीचमा आउनु आवश्यक छ । यसमा पृथ्वीमा रहनेहरूलाई सूर्यको आवृत भाग देखिन्न ।
सूर्य ग्रहण हुनाको लागि निम्न कुराहरू पूरा हुनु पर्छ
१. अमावस्या तिथी हुनु पर्छ ।
२. चन्द्रमाको रेखांश राहू या केतुको नजिकै हुनु पर्छ ।
३. चन्द्रमाको अक्षांश शून्यका नजिक हुनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्