२०८२ फाल्गुन २९, शुक्रबार १९:४५ गते
नेपाली समय

प्रियंकाको घरमा चोरी

२०७९ कार्तिक ९ गते, बुधबार समय: १८:४६ मिनेट

बाँके –

Advertisement 1


अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । प्रहरीका अनुसार प्रियंका–आयुष्मानको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको हो ।


चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र ५ तोला जति सुनका गहना लगेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रियंकाको परिवार डिनरका लागि बाहिर गएको मौका पारेर शौचालयको भेन्टिलेसनको सिसा फुटाएर चोर घरभित्र पसेको थियो ।

Advertisement 2


प्रहरीले चोरीमा संलग्नको पहिचान भइसकेको भन्दै पक्राउ गर्ने तयारी भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार