२०८२ मंसिर २२, आईतवार १२:१० गते
नेपाली समय

आइफोन–१५ मा टाइप सी चार्जिङ

२०७९ कार्तिक १२ गते, शनिबार समय: ०७:५८ मिनेट

एजेन्सी –

Advertisement 1


एप्पलको नयाँ संस्करणको आइफोन–१५ मोबाइलमा युएसबी टाइप सी चार्जिङ पोर्ट जडान गरिने भएको छ । बेलायती वेबसाइट स्काई न्युजका अनुसार एप्पलका कार्यकारी ग्रेग जोसविकले सो उक्त घोषणा गरेका जनाएको छ ।


एप्पलका स्मार्टफोनहरूमा यसभन्दा अघिसम्म लाइटनिङ पोर्ट थिए । टाइप सी चार्जिङ पोर्ट भएसँगै आइफोन पनि अन्य एनड्रोइड फोनका चार्जरले चार्ज गर्न मिल्छ ।

Advertisement 2


हालै युरोपेली संघले सन् २०२४ सम्म सबै स्मार्टफोन निर्माता कम्पनीहरूले आफ्नो उपकरणमा अनिवार्य रूपमा युएसबी सी पोर्ट राख्नुपर्ने कानुन पारित गरेको थियो । सोही कानुनअनुसार एप्पलले नयाँ संस्करणका आइफोनमा चार्जिङ पोर्ट टाइप सी बनाउने घोषणा गरेको हो ।


युरोपेली संघले मानकीकरण गरेर विद्युतीय फोहोर कम गर्ने र उपभोक्ताहरूलाई समेत सहज बनाउने लक्ष्य राखेको छ । तर एप्पल भने उक्त निर्णय र तर्कमा सन्तुष्ट छैन ।

सम्बन्धित समाचार