२०८२ मंसिर २२, आईतवार १३:४१ गते
नेपाली समय

व्यापार घाटा १३.१३ प्रतिशत घट्यो

२०७९ कार्तिक १३ गते, आईतवार समय: १८:२१ मिनेट

काठमाडौं –

Advertisement 1


आर्थिक वर्ष २०७९÷०८० को पहिलो तीन महिनामा देशको व्यापार घाटा घटेको छ । सरकारले आयात कम गर्ने भन्दै गाडीलगायतका विभिन्न वस्तुको आयात बन्द गरेका कारण व्यापार घाटा १३.१३ प्रतिशत कम भएको भन्सार विभागले जनाएको छ ।


भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ५९ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब १३ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो ।

Advertisement 2


चालू आर्थिक वर्षको तीन महिनामा १६.२० प्रतिशतले आयात घटेर ४ खर्बमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७८ अर्ब रुपैयाँ आयात भएको थियो ।


त्यसैगरी निर्यात पनि करिब ३६ प्रतिशत (३५.७१%)ले घटेको भन्सार विभागले जनाएको छ । असोज मसान्तसम्ममा नेपालबाट ४१ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६५ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

सम्बन्धित समाचार