२०८३ बैशाख ६, आईतवार ०३:४२ गते
नेपाली समय

बुद्ध एयर एकजना यात्रुमात्रै लिएर उड्यो

२०७९ कार्तिक १६ गते, बुधबार समय: ०९:५० मिनेट

काठमाण्डौ –

Advertisement 1


हवाईजहाजमा केही सिट खाली राखेर उड्ने कुरा नौलो होइन । तर बुद्ध एअर भने ७२ सिटको जहाज एउटामात्रै यात्रु लिएर काठमाडौंबाट विराटनगर उडेको छ ।


मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा एक व्यवसायी उद्धव पौडेल मात्रै थिए । उनले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा आएको हो ।

Advertisement 2


उनले लेखेका छन्, ‘काठमाडांैबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’


बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको उज्यालोलाई जानकारी दिएका छन् । उनले काठमाडांैबाट बाहिर जाने यात्रु नभएको र काठमाडौं फर्कने यात्रुको भने घुइँचो रहेको बताएका छन् ।

Advertisement 3


एकजना यात्रु बोकेर विराटनगर गएको जहाजले फर्कँदा भने ७० जना यात्रु बोकेर काठमाडौं आएको थियो ।

सम्बन्धित समाचार