२०८२ मंसिर २२, आईतवार १०:४५ गते
नेपाली समय

एक्लै चुनावी प्रचारमा हिँडेका ओली र उनको साइकल

२०७९ कार्तिक १७ गते, बिहीबार समय: ०९:२७ मिनेट

सो समयमा कयौंपटक जेलसमेत गएका ओली बाँकेमा सादगी तथा सैद्धान्तिकरुपमा बिचलित नभएर सिद्धान्तनिष्ट लाभको राजनीति नगर्ने नेताको रुपमा परिचित छन् ।

Advertisement 1

बाँके –


बाँकेमा लामो समयसम्म सुकुम्बासी आन्दोलनको नेतृत्व गरेका सादगी नेताको रुपमा परिचित वीरबहादुर ओली बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनमा होमिएका छन् । बाँकेमा सादगी नेताको रुपमा परिचित ओली आफ्नो पार्टी नेकपा माक्र्सवादी (पुष्पलाल) पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ को लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका हुन् ।

Advertisement 2


ओलीले नौबस्ता चिसापानीको सुकुम्बासी बस्ती निर्माण, खजुरा वडा नम्बर तीन स्थित एलानीको सुकुम्बासी बस्ती, गिजरालगायतको सुकुम्बासी बस्ती निर्माण र सर्वहारा सुकुम्बासीको निम्ती बासको व्यवस्थाको लागि लामो समयसम्म राज्यसँगको आन्दोलनको नेतृत्व सम्हालेका थिए । सो समयमा सुकुम्बासी बस्तीका लागि राज्य आफ्नै जनताले लड्नु परेको तितो यथार्थ उनीसँग छ ।


‘बस्ने बास नभएका जनताका लागि नेतृत्व सम्हालेर राज्यसँग भिड्दा राज्यबाट धेरै दुःख, पीडा पाइयो । तर मैले आफ्नो स्वार्थका लागि भने अरुलाई प्रयोग गरिन,’ उनले बताए ।

Advertisement 3


सो समयमा कयौंपटक जेलसमेत गएका ओली बाँकेमा सादगी तथा सैद्धान्तिकरुपमा बिचलित नभएर सिद्धान्तनिष्ट लाभको राजनीति नगर्ने नेताको रुपमा परिचित छन् ।


ओली हालका दिनमा दैनिक आफ्नो चुनाव प्रचारप्रसारको क्रममा साइकलको प्रयोग गर्ने गरेर घरदैलोमा हिँड्ने गर्दछन् । बिहानैदेखि राती अबेरसम्म बाँके क्षेत्र नम्बर ३ का घर दैलोमा पुग्ने ओलीको साधन भनेकै साइकल हो ।


साइकलमा बाधिएको चुनाव चिन्ह (गैती) अंकित एउटा झण्डा र केही थान चुनावी घोषणा पत्र ओलीका साथी भएका छन्, अहिले । उनका पछि उनका लागि कोही हिँँडेको देख्न पाइन्न । उनी पैसाको दममा चुनाव लड््ने उम्मेदवारका विरुद्ध लागि नमुना बनेका छन् ।


उनी भन्छन्, ‘चुनाव भनेको स्वच्छ हुन पर्छ । जनताका समस्यालाई अत्मसाथ गर्नु पर्छ । सत्यको पछाडि हिँड्दा एक्लै भए पनि हिँड्न भने छोड्नु हुन्न । मसँग अरुले खर्च गर्ने जस्तो पैसा छैन । त्यसैले मसँग न घाडी छ न त मेरो वरिपरी हिँड्ने मान्छे नै छन् ।’


बाँके क्षेत्र नम्बर ३ मा गठबन्धन दल र एमालेका ह्यावी वेटका नेताहरु चुनावी मैदानमा तामझामका साथ होमिएका बेला ओलीको प्रचार भने बेग्लै रहेको छ ।


सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका किशोर सिंह राठोर, एमालेबाट किस्मत कुमार कक्षपति उम्मेदवार रहेका छन् । ह्वावीवेटका नेताहरुको चुनावी अभियान भन्दा बिल्कुलै फरक तरिकाले साइकलमा प्रचारप्रसारमा हिँड्दै गरेका भेटिने ओलीले नेपालको अक्सर कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट नीति, बिचार र सिद्धान्तलाई आत्मसात नगरेको भन्दै फरक मत राखेर लामोसमय देखी हालका कम्युनिष्ट पार्टीको आलोचना गर्दै आएका छन् ।


खजुरा गाउँपालिका वडा नम्बर ३ मा पुनर्वास कम्पनीले स्थापना गरेको बस्ती बिकासको क्रममा बसोबास गरेर त्यहीँबाट राजनिती सुरु गरेका वीरबहादुर ओलीले हालको बैजनाथ गाउँपालिकामा पर्ने पितमारीको सुकुम्बासी बस्ती बसाउन नेतृत्व लिएका कारण यी दुई पालिका र सो क्षेत्रमा ओलीको राम्रो पकड रहेको मानिन्छ ।

सम्बन्धित समाचार