२०८२ चैत्र ४, बुधबार २३:४२ गते
नेपाली समय

१६ करोडमा बनेको ‘कांतारा’ले कमाई ३ सय करोड

२०७९ कार्तिक १७ गते, बिहीबार समय: १७:२९ मिनेट

एजेन्सी –

Advertisement 1


दक्षिण भारतीय फिल्म ‘कांतारा’ले समीक्षकबाट सकारात्मक समीक्षा पायो । सँगै दर्शकबाट पनि फिल्मको ‘माउथ पब्लिसिटी’ बढ्यो ।कन्नड फिल्म कांतारा ३० सेप्टेम्बरमा प्रदर्शनमा आएको हो । सुरुमा कन्नड भाषामा मात्र प्रदर्शनमा आए पनि पछि तेलुगु, तमिल र हिन्दी भाषामा पनि फिल्म प्रदर्शनमा आएको थियो । तीन वटै भाषामा फिल्मले धुँवाधार कमाइ गरेको छ । यसबीच एक महिना नाघिसक्दा पनि फिल्मको व्यापारमा कमी आएको छैन ।


ऋषभ सेट्टीको निर्देशनमा तयार भएको फिल्मले अपत्यारिलो रूपमा ३३ दिनको अवधिसम्ममा ३०७.५६ करोड भारुको ग्रस कमाइ गरेको छ । भारतमा मात्र फिल्मले सबै भाषामा गरेर २४२ करोड भारु नेट कमाइ गरेको छ ।

Advertisement 2


अर्थात् ग्लोबल मार्केटमा ३०० करोड भारुभन्दा बढीको व्यापार गर्ने यो दोस्रो कन्नड फिल्म हो । पहिलो ‘केजीएफ २’ हो । केही दिनअघि ‘केजीएफ १’ को रेकर्ड कांताराले तोडिसकेको छ ।छिटै कांताराले ३५० करोड भारुको कमाइ गर्ने अनुमान गरिएको छ । रोचक त के छ भने, कांतारा केवल १६ करोड भारुमा बनाइएको हो ।


पुस्तौँदेखि भोगचलन गर्दै आएको जमीनको स्वामित्वका लागि लड्ने गाउँलेहरूको कथा फिल्ममा छ । फिल्ममा हास्यव्यङ्ग्य, रोदन, एक्सन, थ्रिलर, प्रेम लगायत सबै पक्ष अटाएको हुँदा यो दर्शकको रोजाइमा परेको छ । फिल्ममा मौलिक कथा छ भने त्यसको बलियो प्रस्तुति देख्न सकिन्छ ।

Advertisement 3


निर्देशकले कथाले भन्न खोजेको कुरालाई प्रष्टसँग देखाउन सकेका छन् । नेपालमा समेत आजको दिनसम्म पनि कांतारा हाउसफुल चलिरहेको छ । साढे दुई घण्टा लामो फिल्मले भरपूर मनोरञ्जन दिनेछ ।

सम्बन्धित समाचार