२०८२ चैत्र ५, बिहीबार १०:१२ गते
नेपाली समय

प्रतिनिधि सभा उम्मेदवार राणाको पक्षमा मतदाता

२०७९ कार्तिक २० गते, आईतवार समय: १७:४३ मिनेट

बाँके –

Advertisement 1


बाँकेको क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार सुदिप नरसिङ राणाको पक्षमा डुडुवावासी देखिएका छन् । प्रचार प्रसारका क्रममा आइतबार डुडुवा गाउँपालिका क्षेत्रमा पुगेका उम्मेदवार राणालाई डुडुवाबासीले जितको अग्रिम शुभकामना दिएका थिए ।


प्रचार प्रसारमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका साथै स्थानीय सर्बसाधारणको पनि उपस्थिती रहेको थियो ।

Advertisement 2


डुडुवामा नेपाली कांग्रेससहित गठबन्धनको अग्रता देखिन्छ । दुई पटक डुडुवा गाउँपालिकाको नेतृत्व गरेका कांग्रेस नेता नरेन्द्र चौधरीले गरेका विकास निर्माणबाट डुडुवा गाउँपालिकाबासी प्रभावित छन् । क्षेत्र नम्बर २ मा चुनाव जित्न उम्मेदवारका लागि डुडुवाका मतदाता निर्णायक मानिन्छन् ।


उम्मेदवार राणा प्रचार प्रसारका क्रममा वडा नम्बर २ मा रहेका बाबाँगाउँ, सन्तलिया, अमृत पुरुवा, दास पुरुवा, विलोर पुरुवा, कोलहीगाउँ, करियाती पुरुवा लगायत क्षेत्रमा पुगेका थिए । उनलाई प्रचार प्रसारका लागि नेपाली कांग्रेस डुडुवा गाउँपालिका सभापति विजय यादव, वडा नम्बर २ का सभापति रामकुमार श्रीवास्तव, वडा नम्बर ४ का सभापति हरि रेउले, क्षेत्रीय प्रतिनिधी फनबहादुर गुरुङ, पूर्वमहासमिति सदस्य राकेस श्रीवास्तवलगायतले पनि साथ दिएका थिए ।

Advertisement 3


राणाले प्रचार प्रसारका क्रममा डुडवावासीसँग आफूलाई भोटभन्दा बढी स्थानीय बासिन्दाका समस्याहरु सोधेका थिए । डुडुवाबासीले आफुलाई हौसला दिँदा चुनाव जित्ने आत्म विश्वास बढेको उम्मेदवार राणाले सुनाए । सो क्रममा बाँके प्रदेश सभा–२(१)का उम्मेदवार राजकुमार बर्मा पनि सहभागी थिए ।


त्यस्तै राणासहित नेपाली कांग्रेसबाट प्रदेश सभाका उम्मेदवार सुदेन्द्रबहादुर हमालले नेपालगन्ज उप–महानगरपाकिला वडा नम्बर १ क्षेत्रमा आइतबार चुनावी प्रचार गरे । चुनावी प्रचारका क्रममा वडा नम्बर १ मा रहेको धम्बोझी, वाटरपार्कलगायतको क्षेत्रमा रहेका मतदातालाई भेट्दा आफू उत्साहित भएको राणले बताए ।


‘प्रचारका क्रममा नेपालगन्जको वडा नम्बर १ मा देखिएको उत्साह नेपाली कांग्रेसका लागि धेरै नै उत्साहजनक हो । नेपाली कांग्रेसलाई चुनाव जिताउन वडा नम्बर १ का मतदाताहरु उत्साहित हुनुहुन्छ जस्तो अनुभुति हामीले गरेको छौ,’ प्रतिनिधिसभाका उम्मेदवार राणले बताए ।

सम्बन्धित समाचार