२०८२ मंसिर २४, मंगलवार ०६:१३ गते
नेपाली समय

अमेजनले १० हजार कर्मचारी हटाउँदै

२०७९ कार्तिक २९ गते, मंगलवार समय: ०९:४५ मिनेट

बाँके –

Advertisement 1

एक अमेरिकी अखबारले अमेजनले १० हजार मानिसलाई हटाउन लागेको दाबी गरेको छ । १० हजार कर्मचारी हटाए कम्पनीको इतिहासमा सबैभन्दा ठूलो कटौती हुनेछ।


उक्त पत्रिकाका अनुसार यसै साताबाटै कर्मचारी निकाल्ने प्रक्रिया सुरु हुन्छ । हालै सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर, मेटा र माइक्रोसफ्टले पनि ठूलो संख्यामा कर्मचारी निकालेका छन् । अब यो लिस्टमा ई-कमर्स कम्पनी अमेजनको नाम पनि जोडिएको छ ।

Advertisement 2


कम्पनीसँग सम्बन्धित एक व्यक्तिले पहिचान खुलासा नगरी यो कटौतीको संख्यामा थप परिवर्तन हुन सक्ने जानकारी दिएका छन्। यो संख्या अमेजनको कुल कर्पोरेट कर्मचारीहरूको लगभग ३ प्रतिशत हो ।

साभार – बीबीसी

सम्बन्धित समाचार