काठमाडौं –
Advertisement 1
नेपालले यू–१९ महिला विश्वकप आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बैठकले सन् २०२७ को यू–१९ महिला विश्वकप नेपालले आयोजना गर्ने निर्णय गरेको हो । आईसीसी बोर्डको आइतबार बसेको बैठकले निर्णय गरेको छ ।
आईसीसी बोर्डको बैठकले सन् २०२४ देखि २०२७ सम्म हुने विभिन्न प्रतियोगिताको आयोजकको राष्ट्र घोषणा गरेको हो । जसमा नेपालले पनि बाङ्लादेशसँगै २०२७ को यू–१९ विश्वकप आयोजना गर्ने मौका पाएको हो ।
Advertisement 2
त्यस्तै, सन् २०२५ को यू–१९ महिला विश्वकप भने मलेसिया र थाइल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन् ।
यसैगरी, सन् २०२४ को यू–१९ पुरुष विश्वकप आयोजनाको जिम्मा श्रीलंकाले पाएको छ । त्यसपछि सन् २०२६ को यू–१९ पुरुष विश्वकप भने जिम्बाबे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्न पाउने भएका छन् ।





प्रतिक्रिया दिनुहोस्