एजेन्सी –
Advertisement 1
भारतीय बजारमा पिएमभी इलेक्ट्रिकले पहिलो कम्प्याक्ट विद्युतीय गाडी (इभी) सार्वजनिक गरेको छ। मुम्बईस्थित स्टार्ट-अप पिएमभीले इज-ई नामक नयाँ कम्प्याक्ट इभी सार्वजनिक गरेको हो।
भारतीय सञ्चार माध्यमहरूका अनुसार इज-ई भारतकै सबैभन्दा सस्तो गाडी हो। कम्पनीले इज-ईको बजार मूल्य जम्मा भारु चार लाख ७९ हजार रूपैयाँ तोकेको छ।
Advertisement 2
इज-ई मा ४८ भोल्टको ब्याट्री प्याक दिइएको छ। यसमा ५० एनएम टर्क जेनेरेट गर्ने विद्युतीय मोटर जडान गरिएको छ। यो तीन रेन्जमा उपलब्ध छ।
पूरा चार्जमा १२० किलोमिटरको माइलेज दिने, १६० किलोमिटरको माइलेज दिने र २०० किलोमिटरको माइलेज दिने। गाडीको टप स्पीड ७० किलोमिटर प्रति घण्टाको रहेको छ। इज-ई जम्मा ५ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्छ।
इज-ईलाई पूरा चार्ज हुन जम्मा चार घण्टा लाग्छ। यसको लम्बाई पनि जम्मा २,९१५ एमएम छ भने कुल तौल ५५० केजी छ। यसमा दुई जना व्यक्ति आरामले अटाउन सकिन्छ। गाडीको ग्राउन्ड क्लेरेन्स १७० एमएम छ।
Advertisement 3
गाडीमा ४ जी कनेक्टिभिटी, मल्टिपल ड्राइभिङ मोड, एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेनमेन्ट स्क्रिन, रिमोट मार्किङ असिस्ट, एयर कन्डिसनर, पावर विन्डो, किलेस इन्ट्री, ब्लुटुथ कनेक्टिभिटी, रिअर क्यामेरा, एयरब्यागलगायत विशेषताहरू छन्।






प्रतिक्रिया दिनुहोस्