२०८२ चैत्र १, आईतवार १४:०५ गते
नेपाली समय

मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि कैलालीमा मतगणना अनिश्चित

२०७९ मंसिर ५ गते, सोमबार समय: १५:३९ मिनेट

कैलाली –

Advertisement 1

मुख्य निर्वाचन अधिकृत ओमप्रसाद बिरामी भएपछि कैलाली क्षेत्र नम्बर-५ को मतगणना अनिश्चित बनेको छ । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि सर्वदलीय बैठक भइरहेका बेला अर्याल कुर्सीबाट ढलेका थिए । डाक्टरको सल्लाहअनुसार उनी अहिले आराम गरिरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उच्च रक्तचापका कारण अर्यालको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

Advertisement 2

बैठकमा सत्तारुढ गठबन्धनले वडा–वडाको अलगअलग मतगणना हुनुपर्ने माग गरेको थियो । नेकपा एमालेले भने सबै मत मिसाएर गणना गर्नुपर्ने अडान लिएको थियो ।

सम्बन्धित समाचार