२०८२ फाल्गुन २०, बुधबार १४:१७ गते
नेपाली समय

कल्पना फाउण्डेसनद्वारा शैक्षिक सामग्री वितरण

२०७९ मंसिर ६ गते, मंगलवार समय: १७:०४ मिनेट

बाँके –

Advertisement 1


कल्पना फाउण्डेशन नेपालले सोमबार बाँकेको खजुरामा बालबालिकालार्ई शैक्षिक सामग्री वितरण गरेको छ । फाउण्डेशनकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ले खजुरामा रहेको ज्ञानोदय नमूना विद्यालयका ३ विद्यार्थीलाई वर्षभरि पुग्ने शैक्षिक सामग्रीसहित एक–एक थान झोला प्रदान गरिन् ।


कल्पना फाउण्डेशनले खजुरामा कथाकार कल्पना पौडेलको नीतिकथा संग्रह ‘कल्पदीप’को पाठक प्रतिक्रिया तथा छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरेर उक्त साम्रगी विद्यार्थीलाई प्रदान गरेको हो ।

Advertisement 2


त्यसैगरी कार्यक्रममा नीतिकथा संग्रह ‘कल्पदीप’लाई पाठकहरुले प्रतिक्रिया दिएका थिए । कार्यक्रममा बोल्ने पाठकहरु मध्ये धेरैजसो पाठकले ‘कल्पदीप’लाई पाठ्यक्रममा समावेश गर्न सुझाए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका कथाकार रनत रेग्मीले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन ‘कल्पदीप’ले सहयोग गर्ने भएकाले पाठ्यक्रममा समावेश गर्न सकिने सुझाए ।

सम्बन्धित समाचार