२०८२ फाल्गुन २१, बिहीबार १५:४७ गते
नेपाली समय

बाँके १ (१) मा कृष्णा (नमुना) निर्वाचित

२०७९ मंसिर ८ गते, बिहीबार समय: २२:३५ मिनेट

बाँके –

Advertisement 1


बाँके क्षेत्र नम्बर १ (१) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार कृष्ण केसी (नमुना) निर्वाचित भएकी छिन् । उनले १ हजार १ सय ३७ मतान्तरले विजय हासिल गरेकी हुन् ।
केसीले ९ हजार १ सय ३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी नागरिक उनमुक्ति पार्टीका सोमराज चौधरीले ७ हजार ९ सय ६६ मत पाए ।


त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रकुमार पौडेलले ७ हजार २ सय ५७ मतसहित तेस्रो भए । साथै स्वातन्त्र उम्मेदवारहरु तीर्थराज डिसीले २ हजार ४ सय ८९ र प्रदिप पौडेलले ५ सय ७० मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्रकुमार विश्वकर्माले ५ सय ३४ र नेपाल मजदुर किसान पार्टीका जयप्रकाश चौधरीले ७३ मत पाएका छन् ।

Advertisement 2


त्यस्तै बाँके १(२) को मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म बाँके १(२) मा नेपाली कांग्रेसका फूलाराम थारु अग्रस्थानमा रहेका छन् । थारु १ हजार १ सय ७४ मतसहित अग्रस्थानमा हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद चौधरी ८ सय ३१ मतसहित दोस्रो र राष्ट्रिय जनमुक्ति पार्टीका गगनबहादुर थापा १ सय ६१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


कृष्ण केसी (नमुना)को परिचय

Advertisement 3


२०५४ सालदेखि मावि तहबाटै अखिल छैठौंको इकाई कमिटिमा बसेर राजनीति सुरू गरेकी ‘नमूना’ एसएलसी दिएसँगै अखिलको कार्यकर्ता भएर काम गरेकी थिइन् । २०५६ मा जेल जीवनबाट मुक्त भएपछि उनी फेरी राजनीतिमै जोडिएर अर्धभूमिगत जस्तै भएर अनेमसंघ क्रान्तिकारीको बाँकेको सचिव भइन् । २०५७ मा अनेरास्वबियु क्रान्तीकारीको भेरी कर्णाली सदस्य, २०५८ मा विराटनगरमा भएको भेलाले आन्दोलन शहर केन्द्रीत बनेपछि बिध्यार्थी सम्मेलनबाट बिदाइ भएर पार्टीको राजनीतिमा सक्रियरुपमा लागेकी थिइने, नमुना ।


केन्द्रीय सदस्यको जिम्मेवारी दिएर बाँके क्षेत्रको एरिया कमिटी सदस्य भएकी ‘नमूना’ २०६२ सम्म पार्टीको कार्यालय सचिवालय सदस्य भइन् । कार्यालय सदस्य हुँदा गरेको काम सफलताकै कारण उनी २०६३ मा प्रदेश राज्य कमिटि सदस्य भइन् । २०६९ सम्म प्रदेश कमिटी सदस्य रहेकी ‘नमूना’ २०७० मा तत्कालिन एकिकृत माओवादीको बाँके सचिवको जिम्मेवारी प्राप्त गरेकी थिइने ।
साथै २०७४ सालमा निर्वाचित प्रदेश सभा सदस्यसमेत हुन, उनी ।

सम्बन्धित समाचार