बाँके –
Advertisement 1
मतगणना अन्तिम चरणमा पुग्ने क्रममा छ । हालसम्म सम्पन्न भएको प्रतिनिधि सभातर्फको मतगणनाअनुसार नेपाली कांग्रेस अग्रपंतिमा रहेको छ । कांग्रेसले देशभरमा ४७ स्थानमा विजयी भई पहिलो भइरहेको छ भने ९ स्थानमा अग्रता लिइरहेको छ ।
दोस्रो रहेको एमाले कांग्रेसभन्दा १० सिट पछि परेको छ । हालसम्म एमालेले ३७ स्थानमा जित निकाल्दै ६ स्थानमा अग्रता लिएको छ ।
Advertisement 2
माओवादी केन्द्रले भने १४ स्थानमा जित निकाल्दै तेस्रो बनेको छ भने ३ स्थानमा अग्रता लिइरहेको छ । साथै एकिकृत समाजवादी ८ स्थानमा जित निकाल्दै २ स्थानमा अग्रता लिएर चौथो स्थानमा रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने ७ स्थानमा जित र १ स्थानमा अग्रता लिइरहेको भने राष्ट्रिय प्रजान्तत्र पार्टीले ६ स्थानमा जित र एक स्थानमा अग्रता लिइरहेको छ ।
Advertisement 3
साथै जसपाले ६ स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थानमा, नागरिक उन्मुक्ति पार्टीले १ स्थानमा, राष्ट्रिय जनमोर्चाले १ स्थानमा, नेपाल मजदुर किसान पार्टीले १ स्थानमा, जनमत पार्टीले १ स्थानमा र स्वतन्त्रहरुले ५ स्थानमा जितेका छन् ।






प्रतिक्रिया दिनुहोस्