२०८२ चैत्र १, आईतवार १०:५२ गते
नेपाली समय

तालिबानद्वारा देशभर आक्रमणा गर्न लडाकुलाई निर्देशन

२०७९ मंसिर १३ गते, मंगलवार समय: ०८:३३ मिनेट

एजेन्सी –

Advertisement 1


पाकिस्तानी तालिबानले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण गर्न निर्देशन दिएको छ । सरकारसँग भएको शान्ति सम्झौता अन्त्य भएको घोषणा गर्दै तालिबानले देशभर आक्रमण गर्न लडाकुहरूलाई निर्देशन हो ।


सामेबार राति टीटीपीले विज्ञप्ति जारी गर्दै सम्पूर्ण देशमा जहाँ भए पनि आक्रमण गर्न भनेको छ । ‘विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले सम्पूर्ण देशमा जहाँ भए पनि आक्रमणहरू गर्नु आवश्यक छ’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement 2


सन् २००७ मा प्रभावमा आएपछि पाकिस्तानभर भएका दर्जनौं हिंसात्मक हमला र सयौँको मृत्युमा तेहरिक– इ–तालिबान पाकिस्तान (टीटीपी) समूह जिम्मेवार छ । सन् २०१० मा ठूलो संख्यामा तालिबान लडाकुहरूलाई पाकिस्तानबाट छिमेकी अफगानिस्तानमा धपाइएको थियो ।


तर, काबुलमा अफगान तालिवानको सत्तामा फर्किएपछि उनीहरूलाई हौसला मिलेको छ । जुनमा टीटीपीले पाकिस्तान सरकारसँग युद्धविराम गरेको थियो । तर, सम्झौता उल्लंघन भएको दुबै पक्षले एक अर्कामाथि आरोप लगाउँदै आएका थिए र विभिन्न स्थानमा अनगिन्ति झडप भएका थिए ।

सम्बन्धित समाचार