बाँके –
Advertisement 1
नेपाली विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेस बाँकेको पत्र अनुसार नेविसंघ बाँकेको अध्यक्ष मनोनित गरेको भनी प्रकाशित गरेको बक्तब्यप्रति नेपाली कांग्रेस बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।
सभापति नारायणप्रसाद गौडेलले शुक्रबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै मंसिर १९ मा जारी बक्तब्यमा ‘नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले जिल्लाहरुमा विवरण मागे बमोजिम मिति २०७९-०८-१७ गते प्राप्त नेपाली कांग्रेस बाँके जिल्लाको पत्र अनुसार’ भनी जिल्ला अध्यक्ष तोेकेको उल्लेख गरिएको सन्दर्भमा उक्त पत्र पार्टीको कुनै जानकारी र रेकर्डमा नभएको स्पष्ट पारेका छन् ।
Advertisement 2
विज्ञप्तीमा अगाडि भनिएको छ, ‘उक्त मितिमा जिल्ला कार्यसमितिले कुनै पनि पत्र नेविसंघ केन्द्रीय कार्यालयलाई नपठाएको र नेविसंघ केन्द्रीय कार्यसमितिका पदाधिकारी वा सदस्यहरुसंग यस विषयमा कुनै कुराकानी तथा परामर्श नभएको अवस्थामा यस प्रकारको बक्तब्य जारी हुनु निकै दुःखद र निन्दनीय विषय हो । उक्त दिनको त्यस व्यहोराको पत्र पार्टी कार्यालयको ‘चलानी’मा नभएको जानकारी गराउन चाहन्छौं ।’
निर्विवाद नेविसंघलाई विवादमा ल्याउने काम भएको भन्दै उनले उक्त पत्र तत्काल फिर्ता लिन आग्रह गर्दै कार्यबहाक अध्यक्ष चक्रबहादुर रावतलाई जिल्लाको संगठन सुदृढीकरणमा लाग्न भनेका छन् । सभापति गौडेलले नेपाली कांग्रस बाँकेको समन्वयमा जिल्ला अधिवेशनको तयारी गर्न पनि आग्रह गरेका छन् ।
Advertisement 3
विधि–विधान र प्रक्रियालाई चुनौती दिँदै मनोमानी ढंगले मनोनयन गरिएको भन्दै सभापति गौडेलले आपत्ति प्रकट गरेका छन् । उनले भनेका छन्, ‘विभिन्न सञ्चार माध्यम र समाजिक सञ्जालमार्फत् जानकारीमा आएको यो विषय पार्टीको स्थापित परम्परा, विधि विधान र मान्यता विपरीत हुने हाम्रो ठहर छ ।’
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मंसिर १९ गतेको मितिमा एक बक्तब्य जारी गर्दै उपेन्दबहादुर विष्टलाई बाँके अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरेका छन् । उनले कांग्रेस बाँकेको पत्र अनुसार उक्त निर्णय लिएको भन्दै बक्तब्य जारी गरेपछि नेविसंघ अध्यक्ष मनोनयन विवादमा परेको हो ।
३२ बर्षे उमेर हद लागू भएपछि गत बैशाख ७ गते चक्रबहादुर रावतलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका ११औं अधिवेशनबाट अध्यक्ष निर्वाचित पूर्णप्रसाद आचार्यले कडा शब्दमा आपत्ति जनाइसकेका छन् । आचार्य हाल कोहलपुर नगरपालिकाका मेयर छन् ।







प्रतिक्रिया दिनुहोस्