काठमाडौं –
Advertisement 1
नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी भएका छन् । पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए । महिलातर्फ नेपाल वरीयता एककी नविता श्रेष्ठ मात्रै सफल भइन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् ।
Advertisement 2
शुक्रबार भएको समूह चरणमा विजयीहुँदै संयोग, रुविन, बिनेश र नविता छनोट भइसकेका थिए । शनिबार भएको खेलमा पराजित भए पनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल भएका छन् ।
साथै पुरुषतर्फ पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई–दुई र माल्दिभ्सका एक खेलाडी छनोट भए ।
Advertisement 3
महिलातर्फ शीर्ष वरीयतामा भारत र श्रीलंकाका पाँच–पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन् ।
एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।






प्रतिक्रिया दिनुहोस्